कल्पना श्रेष्ठलाई यस वर्षको ’मिसेस नेपाल एलिगेन्स–२०१८’को ताज

कल्पना श्रेष्ठले यस वर्षको ’मिसेस नेपाल एलिगेन्स–२०१८’को ताज आफ्नो नाममा पार्नुभएको छ । ¥याम्प जोनले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा दाङकी श्रेष्ठले ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उपाधि जित्नुभएको हो । जमलस्थित नाचघरमा भएको कार्यक्रममा काठमाडौंकी सविना महर्जन मिसेस फोटोजेनिकसहित फस्ट रनरअप तथा जनकपुरकी लक्ष्मी शर्मा सेकेन्ड रनरअप हुनुभयो ।

यसैगरी कार्यक्रममा कुमारी गुरुङ मोस्ट पपुलर, भिवर्स च्वाइस र बेस्ट फिटनेस, रुमा शाक्य बेस्ट क्याटवाक र बेस्ट पर्सनालिटी, गृष्मा प्रधान बेस्ट स्माइल, शोभा श्रेष्ठ मोस्ट फ्रेन्डली, बिना गुरुङ सिवाकोटी बेस्ट हेयर, मानमती कार्की मोस्ट डिसिप्लेन, मञ्जु क्षत्री मोस्ट व्युटीफुल र मन्दिरा केसी बेस्ट स्किनसँगै मोस्ट ट्यालेन्ट घोषित हुनुभयो ।

प्रतियोगिताका निर्णायकमा पत्रकार डब्बु क्षत्री, संगीतकार सरोज प्याकुरेल, अभिनेत्री रेजिना उप्रेती, फेशन डिजाइनर मनिषा डङ्गोल श्रेष्ठ र मिसेस नेपालकी उपविजेता एलिना ध्वजु सुवेदी हुनुहुन्थ्यो

युवतीको बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्ड

७ पुस – मानसिक रुपमा अस्वस्थ एक नेपाली महिलाको सामुहीक बलात्कारपछि हत्या गरेको आरोपमा भारतको एक अदालतले सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । भारत ...