त्रिविले परीक्षा शुल्क वृद्धि गर्ने निर्णयबाट पछि हट्यो

 

स्नातकोत्तर तह पहिलो सेमेस्टरको परीक्षा शुल्क वृद्धि गर्ने निर्णयबाट त्रिभुवन विश्वविद्यालय पछि हटेको छ। एक हजार रहेको परीक्षा शुल्क त्रिविले हालै वृद्धि गरी २ हजार ५ सय पुर्‍याउने निर्णय गरेपछि विद्यार्थीले विरोध गरेका थिए।

 

त्रिवि पदाधिकारी र विद्यार्थी संघसंगठनबीच शुक्रबार भएको बैठकले परीक्षा शुल्क घटाउने निर्णय गरेको अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले बताए। एक हजार पाँच सय परीक्षा शुल्क कायम गर्ने सहमति भएको बस्नेतले बताए।

काठमाडौं अझै एक वर्ष धुलाम्मे !

२५ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक ...