रसुवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

रसुवाको आमाछोदिङमो गाँउपालिका–५ सिम्बुमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङ घर भएका ४५ वर्षीय शिवगंज राजवंशी र दाङ घर भएका २४ वर्षीय विकास घर्तीको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका दुई जनाको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ ।

 

सिउ तुण्डी कन्ट्रक्सनबाट हाईड्रो पावरको केमिकल लिएर बज्र कन्सट्रक्सन जाने क्रममा मंगलबार बेलुकी ८ बजे उक्त जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल भिरमा खसेको प्रहरी चौकी थाम्बु चेतले जनाएको छ । दुर्घटना पश्चात सम्पर्कविहीन भएका जिप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments

गोसाइकुण्डमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

तीर्थयात्री लिएर प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड गएको हेलिकप्टर आज रसुवामा दुर्घटनामा परेको छ । काठमाडौवाट तीर्थयात्री लिएर गोसाइकुण्ड पुगेको मनाङ एयरको हेलिकप्टर गोसाइकुण्ड नजिकै अवतरणका क्रममा ...