सुन्धरा रेडियोस्रोता समुहको बैठक सम्पन्न,,,,

संगिता लामा साउन २६,रसुवा कालिकागाउँपालिका वडा नं ३ मा सुन्धरा रेडियोस्रोता समुहको बैठक सम्पन्न भएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्तरर्गत सञ्चालित कार्यक्रम सामुदायिक विकास केन्द्रका जिल्ला अधिकृत राजु आचार्यले गर्नु भएको हो । उक्तm कार्यक्रममा २० जना भन्दा बढि सहभागिहरुको सहभागि रहेको थियो कार्यक्रममा रेडियो लाङटाङ बाट हरेक हप्ताको आईतबार बेलुका ६ः०० बजे बाट ६ ः३० सम्म प्रसारण हुने रेडियो कार्यक्रम साझाबोलि कार्यक्रम सुनेर प्रतिक्रिया लिने काम सम्पन्न गरियो ।

कार्यक्रममा प्रतिक्रिया दिने सम्पुर्ण सहभागिहरुले यस किसिमको कार्यक्रमले आफ्नो विचार,समस्या ,गुनासो र सफलताको कथाहरु सञ्चार माध्यम ले भुमिका खेलेकोमा इक्वोइल एक्सेस र सामुदायिक विकास केन्द्र नेपाललाई धन्यवाद दिदै कार्यक्रमलाई अझै प्रभावकारि बनाउन टोल —टोलमा यस किसिमको कार्य लाई पुप्याउन अनुरोध समेत गरेका छन् ।

जोकोभिचले जिते यूएस ओपन

२८ भदौ – विश्व नम्बर एक नोभक जोकोभिचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । सोमबार विहान भएको फाइनल भिडन्तमा जोकोभिचले रोजर फेडेररलाई ३-१ को ...