लैँगिक उत्तरदायी सार्वजनिक सेवा सम्वन्धी अभिमूखीकरण सम्पन्न

नेपाल कृषिवन प्रतिष्ठानको आयोजना तथा एक्सनएड नेपालको साझेदारीमा सञ्चालन भएको समूदायको अगुवाईमा सामूदायिक पूनर्निर्माण अन्तर्गत लैँगिक उत्तरदायी सार्वजनिक सेवा अन्तर्गत उत्तरगया गाउँ पालिकामा पालिकास्तरीय अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
उत्तरगया गाउँ पालिकाको सदस्य तथा कर्मचारीहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा पालिका अध्यक्ष उपेन्द्र लम्साल, उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवाली सहित २७ जनाको सहभागीता रहेको थियो । अभिमुखीकरण कार्यक्रमको अन्त्यमा बोल्दै उपाध्यक्ष चमेली गुरुङले नितिमा लैँगिक उत्तरदायी भनिएतापनि ब्यवहारमा उक्त कार्यान्वयनमा अलमल र आलटाल रहेको औल्याउँदै पालिका स्तरमा लैँगिक उत्तरदायी सेवा केन्द्र निर्माण गरि सेवा प्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शीर निहुरिएको एमाले अध्यक्ष केपी शर्मा ओलिको भनाइ

काठमाण्डौ भदौ १०, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी प्रमुख विपक्षी दलका नेताले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ...