रसुवामा बृहत परिवार नियोजन घुम्ती शिविर शनिबार सम्पन्न,,,,,

Image

कविता स्याङबा
असोज ६ गते रसुवा, रसुवामा बृहत परिवार नियोजन घुम्ती शिविर २०७५ असोज ६ गते शनिबार सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यलय, गाउँपालिका र नेपाल परिवार नियोजन संघ सिफोटु परियोजनाको सहयोगमा जिल्लाको सम्पूर्ण भेगमा सेवा प्रदान गरेको छ । घुम्ती शिविरमा आई.यु.सि.डी (कपर टी),तीन महिने गर्भ निरोधक सुई, इम्प्लान्ट, गर्भ निरोधक खाने चक्की (पिल्स), भ्यासेक्टोमी (पुरुष बन्ध्याकरण), कण्डम, मिनिल्याप (महिला बन्ध्याकरण), सेवाहरु परामर्श पश्चात निःशुल्क प्रदान गरेको थियो ।

२०७५ साल भदौँ ३१ गते देखि सञ्चालन भएको घुम्ती शिविरमा पारच्याङ स्वास्थ्य चौकिबाट सेवा लिनेमा महिला बन्ध्याकरण ५ जना, पुरुष बन्ध्याकरण ८ जना, १२ वर्षे कपरटि राख्ने ६ जना, इम्प्लान्ट प्रयोग गर्ने ४ जना रहेको थियो । यस्तै असोज २ गते र्भोले स्वास्थ्य चौकिमा चालन भएको शिविरमा पुरुष बन्ध्याकरण ९ जना, ५ वर्षे इम्प्लान्ट ३ जना, १२ वर्षे कपरटि प्रयोग गर्ने २ जना रहेको थियो । यस्तै असोज ५ गते बोगटिटार सामुदायिक स्वास्थ्य इकाईबाट सेवा लिनेमा महिला बन्ध्याकरण ४ जना, पुरुष बन्ध्याकरण २ जना, १२ वर्षे कपरटि प्रयोग गर्ने ७ जना र इम्प्लान्ट ५ वर्षेमा ३ जना रहेको थियो । यस्तै असोज ६ गते शनिबार कालिका सामुदायिक स्वास्थ्य इकाई कालिकास्थानमा महिला बन्ध्याकरण ५ जना, पुरुष बन्ध्याकरण ३ जना, र इम्प्लान्ट प्रयोग गर्ने १५ जना रहेको थियो । उक्त स्वास्थ्य सेवा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु काठमण्डौँमा डा.सुरेश शक्यद्धारा सेवा प्रदान गरिएको थियो भने इम्प्लान्ट र कपरटि स्थानिय स्वास्थ्यकर्मिद्धारा सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यलयको परिवार नियोजन सुपरभाइचर चन्द्रभूषण ठाकुरले जानकारी दिनुभयो ।

रसुवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रसुवाको आमाछोदिङमो गाँउपालिका–५ सिम्बुमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङ ...