“दिगो शाान्तिका लागि उन्नत सम्बन्ध”भन्ने मुल नाराका साथ स्थानिय सरकार प्रहरि र सरोकारवाला हरुबीच समन्वय बैठक सम्पन्न,,

असोज १७ रसुवा, कालिका गाउंपालिका वडा नं २ कालिकास्थान भुमिघरमा “दिगो शाान्तिका लागि उन्नत सम्बन्ध”भन्ने मुल नाराका साथ स्थानिय सरकार प्रहरि र सरोकारवाला हरुबीच समन्वय बैठक सम्पन्न भएको छ ।

प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र नेपाल रसुवाको आयोजनामा कालिका गाउंपालिका,उत्तरगया गाउंपालिका,नौकुण्ड गाउंपालिका को स्वामित्व सहभागितामा सम्पन्न भएको कार्यक्रममा समाजमा भएको द्वन्द्व न्युक्निकरण को लागि के कसरि मेलमिलापकर्ताले काम गर्नु पर्ला कस्ता विवाद लाई वडा ले समाधान गर्ने कस्ता विवाद लाई गाउंपालिका ल्याउने भन्ने विषयमा बृहत छलफल भएको थियो । सामुदायिक मेलमिलाप केन्द्र रसुवाको जिल्ला प्रशिक्षक सिमा तामाङ ले सहजिकरण गर्नु भएको कार्यक्रममा प्रमुख अथितिमा कालिका गाउंपालिका को प्रमुख सिता कुमारि पौडेल रहनुभएको थियो ।
स्थानिय सरकार प्रहरि र सरोकारवाला हरुबीच समन्वय बैठक कार्यक्रममा कालिका गाउंपालिका,उत्तरगया गाउंपालिका,नौकुण्ड गाउंपालिका भित्र को न्यायिक समितिको सम्योजक त्यसैगरि मेलमिलापकर्ता ,वडा का वडाअदध्यक्ष र इलाका प्रहरि का प्रतिनिधि हरु को उपस्थिति रहेको थियो । हाम्रो कर्तब्य भनेको आफनो गाउ“ समाज र समग्र रसुवामा नै सुशासन राख्ने र अन्याय मा परेका लाई न्याय दिलाउने हो । कालिका गाउ“ मा पनि मेलमिलापकर्ता सुचिकृत भएकाहरु लाई तुरुन्त तालिम दिने ब्यवस्था गर्ने प्रतिबद्वता दिनुहुदै आउदै गरेको विजय दशमि र शुभदिपावलिको सबैलाई शुभकामना दिनुहुदै कालिका गाउंपालिका को उपाध्यक्ष भवानि प्रसाद न्यौपाने ले आफनो मन्तब्य राख्नु भएको थियो ।

धुर्मुस-सुन्तलीद्वारा बाल्टिमोरमा सांस्कृतिक कार्यकम

अमेरिका । बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) ले विगत वर्षमा जस्तै यसवर्ष पनि नयाँ वर्ष २०७२ को अवसर पारेर बृहत सांस्कृतिक कार्यकमको आयोजना ...