रसुवा जिल्लाको तिन गाँउपालिमा नेपाल तामाङ घेदुङ गाँउपालिका स्तरिय समिति गठन सम्पन्न,,,

रसुवा जिल्लाको तिन गाँउपालिमा आफ्नो भाषा, धर्म , साँस्कृति , पहिचान संरक्षण एवम् जर्गेन गर्नका निम्ति नेपाल तामाङ घेदुङ गाउपालिका स्तरिय समिति गठन सम्पन्न भएको छ । सामाजिक मुद्धा सहितको राजनैतिक जागरण ,राजनैतिक जागरण सहितको ताम्सालिङ अभियान भन्ने नाराका साथ रसुवा जिल्ला नौकुन्ड गाँउपालिकामा ठाकुर मोक्तानको सभापतित्वमा मौसम तामाङ अध्यक्ष सहित ११ कार्यसमिति गठन भएको छ । कालिका गाँउपालिकामा नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष दावा लाक्पा तामाङको सभापतित्वमा धुमा मोक्तान अध्यक्ष सहित ११ कार्यसमिति गठन भएको छ भने उत्तरगया गाँउपालिकामा काजिमान वाइवाको सभापतित्वमा अध्यक्ष छिरिङ तामाङ सहित ११ कार्यसमिति गठन सम्पन्न भएको छ ।गोसाइकुन्ड गाँउपालिका र आमाछोदिङमो गाँउपालिकामा पनि तामाङ घेदुङ गाउपालिका स्तरिय कमिटि तत्काल गठन गरिने नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष दावा लाक्पा तामाङले जनाकारी दिनुभयो । उक्त गाउपालिका स्तरिय समिति गठन कार्यक्रम संघिय उपाध्यक्ष अमिर मोक्तानको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो भने संघिय सदस्य दावा साङबो तामाङले सहजिकरण गर्नुभएको थियो । जातिय विभिदे समावेशीकरण तथा विभिन्न एजेन्डाका साथ जिल्ला समन्वय समिति गाउपालिका र वडाहरुमा सहकार्य गर्दै पिछाडिएका तामाङहरुको समग्र धर्म, भाषा ,लिपि , भेषभुषा ,साँस्कृति र पहिचानलाई जोगाई विकासमा अग्रसर रहन सबै तामाङहरु एक हुनुपर्ने र अवाश्यक रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

रसुवामा आन्तरिक पर्यटकको तथ्याङ्क राख्न सुरु

रसुवा, कात्तिक २, पर्यटकीय जिल्ला रसुवामा पर्यटकहरुको तथ्याङ्क राख्ने काम सुरु गरिएको छ । जिल्लास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज, निकुञ्ज मातहका पोष्ट र होटल व्यवसायीले बुधबारदेखि ...