रसुवाको उत्तरगयामा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ३ ठुलोगाउँ स्थित भुमेदेबि मन्दिरको प्राङगणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आज समापन भएको छ । यहि कार्तिक १४ गतेदेखि सञ्चालनमा आएको महायज्ञ बिधिीपुर्वक आज समापन भएको आयोजक समीतीले जानकारी दिएको छ । श्रीमद्भागवत महायज्ञ मुल आयोजक समतीबाट सञ्चालित महायज्ञमा रसुवाका प्रतिनिधीसभा साँम्सद मोहन आचार्यले उद्घाटन गर्नुभएको थियो । बि स २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पबाट ज्यान गुमाएका ब्यतिmहरुको सम्झना तथा रसुवाको डाँडागाउँ ,ठुलोगाउँको लागी एम्बुलेन्स खरिद गर्नको लागी सप्ताह ज्ञान महायज्ञ गरिएको समीतीका कोषाध्यक्ष गौरव सापकोटाले जानकारी दिनु भयो ।

श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञमा पण्डित श्री बालब्यास गोपीचन्द्र अधिकारीको मुखारबृन्दबाट बाचन गरिएको सप्ताहमा करिव रु साँढे पाच लाख जति उठेको समेत उहाँले बताउनु भयो । महायज्ञबाट उठेको रकमले अपुग भएमा अन्यदाताहरुबाट पनि सँकलन गरिने समेत उहाँको भनाई थियो । महायज्ञले रकम सँकलन मात्र नभई मन्दिरको चिनारी पनि थप बढेको उहाँले बताउनु भयो । महायज्ञको आज समापन गर्दै जिल्ला समन्वय समीती रसुवाका सभापति कुलबहादुर भट्टले महायज्ञले एम्बुलेन्स खरिदमा ठुलो सहयोग पुग्ने बताउनु भयो । सामान्य बिरामी पर्दा एस्टे्रचरमा बोकेर जानुपर्ने बाध्यता अब छिट्टै समाप्त हुने समेत उहाँले बताउनु भयो । कार्यक्रममा भतmजनहरु ,स्थानिय , वडा अध्यक्षहरु , गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, स्थानिय , पत्रकार लगायतको उल्लेख्य सहभागीता रहेको समेत आयोजक समीतिले जानकारी दिएको छ ।

दुई खान एकसाथ

१४ साउन-बलिउडका दुई खान अभिनेता शाहरुख खान र सलमान खानले एउटै चलचित्रमा अभिनय गर्ने भएका छन् । यस राज फिल्मसका आदित्य चोपडा करन–अर्जुनमा सँगै काम ...