कलाकार संघ रसुवा, नेपालको पहिलो अधिवेसन सम्पन्न , अध्यक्षमा शिशिर तामाङ

हाम्रो कला संस्कृति, भाषा धर्मको प्रवद्र्धन र जगेर्ना गरौँ–रसुवाली कलाकार एक हौँ भन्ने नाराका साथ आइतबार कलाकार संघ रसुवा, नेपालको पहिलो अधिवेसन सम्पन्न भएको छ । राष्ट्रिय संगीतकर्मी संघ रसुवाको संरक्षणमा ,राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष दावा फिन्जो तामाङको अध्यक्षतामा गोसाइकुन्ड गाउपालिका ६ धुन्चेमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष मान बहादुर तामाङ , मध्यवर्ती व्यवस्थापन परिषद्का अध्यक्ष तथा गोसाईकुण्ड सुमो समितिका अध्यक्ष तेम्पा नुर्पु तामाङ ,प्रहरी नायव उपरिक्षक सन्तोष लामा कलाकारकर्मी र स्थानीयहरुको उपस्थित रहेको थियो ।
कलाकार संघ रसुवा, नेपालको प्रथम अधिवेसन बाट शिशिर तामाङको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति निर्विरोध चयन भएको छ। कार्य समितिको प्रथम उपाध्यक्षमा प्रभात लामा, द्वित्तीय उपाध्यक्षमा मेन डोल्मा तामाङ, सचिवमा पेमा तामाङ, महासचिवमा एस्तर थोकर तामाङ, कोषाध्यक्षमा दिल कुमारी दोङ तामाङ र सहकोषाध्यक्षमा पूर्णिमा स्याङ्बा चयन भएका छन् ।
सदस्यहरूमा दावा ल्हामो तामाङ, पविना स्याङ्बा , रोमन छेमेन वाइवा तामाङ र विपना थोकर रहेका छन् । त्यसैगरी प्रमुख सल्लाहकारमा दावा फिन्जो तामाङ, विशेष सल्लाहकारमा छेसाङ तामाङ, रिया घले, सुमन घले र वाङ्गेल लामा रहेका छन् ।
जिल्लामा लुकेर रहेको कला, भाषा, धर्म संस्कृतिको जगेर्ना गर्ने ,पुराना कलाकारलाई सम्मान र नयाँ स्थानीय कलाकारलाईलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष दावा फिन्जो तामाङ ले बताउनु भयो ।

अनेरास्ववियुको अध्यक्षमा लामा विजयी

१० फागुन-नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा नविना लामा विजयी हुनु भएको छ । लामाले अध्यक्षका अर्का उम्मेद्वार दीपक गौतमलाई २१६ मतले हराउनु भयो । ...