धैबुङ्ग कालिका साना किसान कृषि सहकारि संस्था लिमिटेडको सातौँ साधारण सभा सम्पन्न

मँसिर १५ रसुवा,कालिका गाउँपालिका वडा नं २को श्रि कालिका हिमालय उच्च माविको प्राङगणमा धैबुङ्ग कालिका साना किसान कृषि सहकारि संस्था लिमिटेडको सातौँ साधारण सभा सम्पन्न भएको छ । उक्तसभामा सबैका लागि एक एकका लागि सबै भन्ने मुल नाराका साथ आर्थिक तथा सामाजिक गतिविधिलाई सरलिकृत गर्ने ,स्थालिय तहमा साना किसान वर्गको आयआर्जन पशुपालन ,कृषिक्षेत्रमा लगानि गरि उनिहरुकोआयमा वृद्घि गराउनेअभिप्रायले २०६८ असोज ४गते विधिवत रुपमा यस सहकारिको स्थापना भएको हो ।उक्त संस्थाको गत आर्थिक बर्षमा८६ लाख ८१हजार रुपैया थियो भने यस आर्थिक बर्षमा १करोड ५लाख ८१ हजार पुगेको छ । साना किसान कृषि सहकारि १२ लाख नाफामा पुगेको छ यस सस्थामा ८सय ५१ जना शेयर सदस्य रहेका छन् ।

कार्यक्रममा अन्य वडाबाट आउनु भएका महिला सदस्य र वडा अध्यक्ष्य अन्यअतिथिहरु र पमुख अतिथि कुल प्रसाद भट्ट त्यसैगरि विन्दा न्यौपाने कालिका गाउँपालिकाका उपप्रमुख भबानी प्रसाद न्यौपाने प्रमुख अतिथि सिता पौडेल अधिकारिले साना किसानलाई अझै माथि उठाउनुपर्ने किसान व्यवसायिमुखि बन्नुपर्ने जस्ता कुराहरु बोल्दै शुभकामना व्यक्त गरेका थिए । त्यसैगरि धैबुङ्ग साना किसान कृषि सहकारिका अध्यक्ष बिष्णु प्रसाद पौडेलले कालिका गाउँपालिका वडा नं १ राम्चेमा थप गरिएको र व्यवसाय गरेर बसे विदेश जानु नपर्ने आफ्नेै देशमा बसेर युवा र किसानलाई कृषि पेशामा लाग्न जागरुक गर्नुपर्ने र अझै बचत शेयर सदस्यहरु वृद्घि गदै लैजाने र गाउँपालिका र सहकारि एक आपसमा साझेदारि गर्दै जादा दुबै बिच सम्बन्ध प्रगाढ बन्छ भन्ने शुभकामना दिदै सातौँ साधारण सभा कार्यक्रमको समापन गर्नुभएको थियो ।

लागूऔषध विक्री वितरण तथा ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गर्यो

  लागूऔषध विक्री वितरण तथा ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले लागूऔषध विक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ ...