“मलाई गणना गर र समावेश गर” भन्ने मुल नाराको साथ २७ औँ अपाङ्गता दिवश सोमबार श्री कालिका हिमालय माध्यमिक विधालयमा बिभिन्न कार्यक्रम गरि मनाइयो,,,

Image

“मलाई गणना गर र समावेश गर” भन्ने मुल नाराको साथ २७ औँ अपाङ्गता दिवश सोमबार श्री कालिका हिमालय माध्यमिक विधालयमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ । कार्यक्रमको उदघाटन गाउँ पालिकाको प्रमुख सिता कुमारी पौडेलले मैनबति बालेर गर्नु भएको हो । उहाले मानिस शारिरीक र मानसिक रुपमा कहिल्यैअपाङ्ग हुदैन किनभने झमक घिमिरे अपाङ्ग भएपनि उनको जिवन काडाकि फुल भन्ने जिबनिबाट नै उहा अहिले विश्व प्रशिद्द हुनुहुन्छ । अपाङ्गलाई पनि समाजमा रामा्रे दृष्टि कोणले सबैलाई समान व्यवहार गर्नु पर्ने र अरुलाई सिकाउन सके सम्बन्ध प्रगाढ बन्ने भन्नुहुदै शुभकामना व्यक्तm गर्नुभएको हो ।

कार्यक्रममा कालिका अपाङ्गता समन्वयन समितिका सदस्य विष्णु आर्चायले शुभकामना मन्तव्य दिदै यसै अबसरमा कालिका हिमालय माध्यमिक विधालयलाई प्लाष्टिक र कागज मुक्तm बनाउने घोषणा समेत गर्नुभएको हो । त्यसैगरि उँहाले कार्यक्रममा उत्कृष्ट बाचन गर्ने एक जना विद्यार्थिलाई मा,वि तहसम्म शिक्षामा लाग्ने सम्र्पुण खर्च अपाङ्गता पुनस्थापना केन्द्रले दिने घोषणा समेत गर्नुभएको थियो । उक्तm कार्यक्रममा पालिकाका उपप्रमुख, स्रोत व्यतिm र अन्य अतिथिहरु विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थिहरुको उलासमय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रथम द्घितिय र तृतिय हुने विद्यार्थिलाई नगद र प्रमाण पत्र वितरण गरीएको थियो । पुरस्कार वितरण सहित शुभकामना व्यतm गर्नुहुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य मेघनाथ घिमिरेले कार्यक्रमको समापन गर्नु भएको हो । उक्तm कार्यक्रमको मुख्य आयोजक कालिका गाउँपालिका स्थानिय अपाङ्गता समिति अपाङ्गता पुनस्थापना केन्द्र र कालिका हिमालय माध्यमिक विधालयको इकोक्लब रहेको थियो ।