अरुखर्क आधारभुत विद्यालय भवन बिद्यालय ब्यबस्थापन समितिलाई हस्तान्त्ररण,,

नौकुण्ड गाउँपालिका वडा नं ज्ञ अरुखर्कमा श्री अरुखर्क आधारभुत विद्यालय भवन बिद्यालय ब्यबस्थापन समितिलाई मंगलबार हस्तान्त्ररण गरिएको छ । विस। २०७२ सालको भुकम्पमा ध्वस्त भएको विद्यालय गैरसरकारी संस्था कारीतास इटाली तथा एसियाको आर्थिक सहयोग तथा एसीया अनलुस र कृषिबन प्रतिष्ठानको प्राबिधिक सहयोगमा निर्माण सम्पन्न गरि हस्तान्त्ररण गरिएको हो ।

अपाङमैत्री सौचालय ,शौर्यउर्जा तथा खानेपानी सहितको छकोठे पक्की भवनसहितको संरचना र भौतिक सामग्री समेत जुटाइ गाउँपालिका र विद्यालय प्रशासनलाई भवन हस्तान्तरण गरिएको छ । विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गरेको र जम्मा विद्यार्थी ज्ञ सय घ जना अध्ययनरत रहेको विद्यालयका प्रअ धिराज तामाङले बताउनुभयो । जिल्लामा भूकम्पले क्षति गरेको ९८ वटा विद्यालयको कक्षाकोठा निर्माण गरिएको छ। भूकम्पले पूर्ण तथा आंशिक क्षति गरेका ९८ वटा विद्यालयका तीन सय ९१ वटा कक्षाकोठा निर्माण सम्पन्न भएको छ ।
२०७२ सालको भुकम्पले विधालय ध्वस्त परेपछि टहारमा पढाई गर्दै आइरहेको थियो । भुकम्पबाट अति प्रभावित क्षेत्रमा शिक्षा तथा विधालय द्धारा समुदाय सम्म समृद्ध भविष्यको लागि एसीया अनलुस ले निर्माण गरिएको पक्की भवन पाएपछि स्थानिय,विधार्थी,शिक्षक खुशि भएका छन् ।
जिल्ला शिक्षा तथा समन्वय एकाइ, जिल्ला आयोजना कार्यान्वयन एकाइ, विभिन्न गैरसरकारी संस्था र व्यक्तिले सामुदायिक विद्यालय निर्माण गरेका हुन्। जिल्लामा अहिले ३४ वटा सामुदायिक विद्यालयका भवन निर्माण भइरहेको बताइएको छ। भूकम्पले क्षति गरेको ६ सय ५९ कक्षाकोठामध्ये सरकारले ९८ वटा र गैसरकारी संस्थाले तीन सय ३३ वटा निर्माण गरिसकेका छन्।

खेलाडी सम्मानित

३१ भदौ- सरकारले यू-१९ साफ च्याम्पियनसिप फुटबलको विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार च्याम्पिनय टोलीका २३ खेलाडीसहित २८ ...