नौकुण्ड गाउँपालिकास्थित थाङदोर आधारभूत विद्यालयको नवनिर्मित भवन विद्यालय ब्यबस्थापन समितिलाई हस्तान्त्ररण,,,,,

रसुवा, कविता स्याङबा– रसुवाको नौकुण्ड गाउँपालिका एक स्थित थाङदोर आधारभूत विद्यालयको नवनिर्मित भवन मंसिर २६ गते बुधबार विद्यालय ब्यबस्थापन समितिलाई हस्तान्त्ररण गरिएको छ । वि.सं. २०७२ सालको भुकम्पमा ध्वस्त भएको विद्यालय गैरसरकारी संस्था कारीतास इटाली तथा एसियाको आर्थिक सहयोग तथा एसीया अनलुस र कृषिबन प्रतिष्ठानको प्राबिधिक सहयोगमा निर्माण सम्पन्न गरि हस्तान्त्ररण गरिएको हो । नवनिर्मित ८ कोठे विधालय भवन एक कार्यक्रमका बीच प्रदेश सभा सदस्य प्रभात तामाङले उद्घाटन गर्नुभयो ।

एसियाका संस्थापक अध्यक्ष स्वर्गीय प्राध्यापक छोग्याल नाम्खाई नोर्बुको स्मृतिमा उहाँले नेपालको बालबालिकाको शिक्षा क्षेत्रको पहुँच तथा सहजतामा पु¥याउनु भएको अतुलानीय योगदानको उच्च कदर स्वरुप विधालय भवन निर्माण गरिएको हो । यसैगरि दुई वटा शौचालय,सोलार बत्ति र विद्यालयलाई आवश्यक फर्निचर समेत संस्थाले उपलब्ध गराएको छ । विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गरेको छ । २०७२ सालको भुकम्पले विधालय ध्वस्त परेपछि टहारमा पढाई गर्दै आइरहेको थियो । पक्की विधालय भवन पाएपछि स्थानिय,विधार्थी,शिक्षक खुशि भएका छन् ।

कार्यक्रममा प्रदेश सभासदस्य प्रेम तामाङ, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पूसाङबो घले, उपाध्यक्ष सिर्जना लामा, वडा अध्यक्षहरु , कान्छा लामा, धर्म तामाङ, जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख शरदकुमार भण्डारी, नेपाल कृषि वन प्रतिष्ठानका अध्यक्ष नेत्रकुमारी अर्याल लगायतका बक्ताले विद्यालय भवन निर्माण गरेर सामाजिक संस्थाहरुले समुदायका लागि ठूलो गुन लगाएको भन्दै सम्मान गरेका थिए ।

एसिया अनलुस ईटालीबाट आएका बिदेशी दाताहरुको स्थानीयले परम्परागत कला संस्कृति भेषभूषा सहित खादा र मालाले स्वागत गरेका थिए । विधालय हस्तान्तरण कार्यक्रम विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष कमान सिङ घलेको सभापतित्वमा सम्पन्न भएको हो । स्थानिय हिरा लामाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

किन कोही पनि आउट भएन् नेपाल आईडलबाट? कारण छ यस्तो..

नेपाल आईडलबाट शुक्रवार राति कोही पनि आउट भएन्। टप चार प्रतिष्पर्धीबाट टप तीन छान्नुपर्ने भए पनि आयोजकले भोटिङका लागि थप आग्रह गर्यो। यदि शुक्रवार रिजल्ट ...