उत्तरगया बचाउ संघर्ष समितिले हस्ताक्षर सङ्कलन

0

धार्मिक एवम् पवित्र त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पुसे औंसीको दिन आज दिवंगत पितृको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर श्राद्ध गर्नेको भिड लागेको हो । उत्तरगयाधाममा हजारौं हिन्दू र बौद्ध धर्मावलम्वीले पितृको नाममा पिण्ड तर्पण गर्ने गर्दछन् । हिन्दू धर्मावलम्बीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मावलम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुबाट मन्त्र बढाउने र बत्ती बाल्ने गर्दछन् । उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन बेत्रावतीमा आई पितृहरुलाई पिण्डदान गर्नाले पितृहरु मोक्ष मिल्छ भन्ने बिश्वासका साथ भक्तजनहरुको भीड लाग्ने गर्दछ । रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगयाधाम बचाउनका लागि उत्तरगया बचाउ संघर्ष समितिले हस्ताक्षर सङ्कलन गरेको छ । रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाममा शनिबार श्राद्ध गर्न आएका भक्तजनले हस्ताक्षर गरेका छन् । दुई जिल्ला भएर बग्ने बग्ने त्रिशूली गंगाको प्राकृतिक बहाब रोक्ने गरी मध्ये त्रिशुली गंगा जलविद्युत आयोजना निर्माण गर्न लागेकाले बिरोध स्वरूप हस्ताक्षर सङ्कलन गरिएको स्थानीय मुक्तिनाथ भट्टराईले बताउनुभयो ।
२०१८ सालमा पनि उत्तरगया धामको विनास गर्न खोजेको उहाँले बताउनुभयो । यसअघि बनेका त्रिशुली जलविद्युत आयोजना मुहान हालको बेत्रावती भन्दा माथिबाट तुप्चे हँदै त्रिशुली कोलनी पानी लैजाने योजना बनेको थियो । त्यसबेला धार्मिक महत्वको धरोहरको अस्तित्व सङ्कटमा पर्ने भन्दै यसअघि पनि स्थानीय बासिँदाको बिरोधका कारण आयोजनाको मुहान डेड किलोमिटर पर सारिएको थियो । ऐतिहासिक तथा धार्मिक महत्वको क्षेत्र उत्तरगया धाम भन्दा दुई सय मिटर माथि आयोजना निर्माण गर्न सकिने स्थानीय शसि डंगोलले बताउनुभयो ।
उत्तरगया धामको विनास हुने गरी कुनै पनि आयोजना निर्माण गर्न नदिने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो । ‘हामीले धार्मिकस्थल विनास हुने गरी कुनै पनि योजना निर्माण गर्न नदिने विषय गाउँसभाबाटै पारित गरेका छौँ, उहाँले भन्नुभयो, यसका लागि जनताले साथ दिएका छन् ।’
ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको क्षति गर्ने तथा वातावरणीय असर गर्ने गरी काम गर्न दिन नहुने , हस्ताक्षर सङ्कलन अभियानमा प्रतिनिधि सभाका सदस्य मोहन आचार्य,प्रदेस सभा सदस्य पे्रम तामाङ, संविधान सभाका पूर्व सदस्य जनार्दन ढकाल, कलिका गाउँपालिकाका अध्यक्ष सिता अधिकारी , नेता तथा कार्यकर्ता, विभिन्न जिल्लाका भक्तजन तथा स्थानीयले हस्ताक्षर सङ्कलनमा सहभागि भएका छन् ।
जिल्लाको विकास निर्माणले विनास हुने अवस्था आएमा यस्तो कार्यलाई अगाडि बढाउन नदिने प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले बताउनुभयो ।
स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार उत्तर गया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउंलाई बेत्रगंगा भनेर मानिएको छ । उक्त नदीमा श्राद्ध गरेमा पितृहरु उद्धार भई स्वर्ग जाने विश्वासले धेरै भक्तजनहरु यस स्थानमा श्राद्ध गर्न आएका हुन् ।

No comments

नुवाकोट घट्नाको कांग्रेसद्धारा निन्दा

ललितपुर, १ मंसिर , नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार पूर्व मन्त्री डा. रामशरण महत ...