कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ४३ लााख १३ हजार २ सय १८ रुपैया खुद नाफा

0
Image

रसुवा बेत्रावती पुष २८

रसुवा जिल्ला उत्तर गया गाउ पालिका वडानम्वर ४ बनुवामा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ४३ लााख १३ हजार २ सय १८ रुपैया खुद नाफा कमाएको छ ।
सहकारीको २४ औ साधारण सभा अधिवेसनलले संस्थाका सेयर सदस्यहरूलाई १५ प्रतिसत मुनाफा समेत बितरण गरेको छ ।
संस्थाको भवन बनुवामा आयोजित २४ औं साधारण सभामा संस्थाको कुल कारोवार ६ करोड ९ लाख २५८ रुपैयाँ रहेको जनाइएको छ ।
सहकारीको २४ औ साधारण सभा अधिवेसनको उद्घघाटन प्रमुख अतिथी संघीय सासद मोहन आचार्यले गर्नु भयो ।
सासद मोहन आचार्यले सहकारीले समाज परिवर्तनमा भुमिखा खेलेको योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताउनु भयो ,उहाले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागी आवश्यक रहेको पनि विचार व्यक्त गर्नु भयो ।
सहकारीको २४ औ साधारण सभा अधिवेसन उदघाटन समारेहमा बोल्दै प्रदेस सांसद प्रेम तामाङले रसुवा जिल्लामा रहेका लघु बित्त भन्दा सहकारी बिश्वासी रहेको सहकारीको प्रर्वद्वन बिस्तारमा आफु सधै सहयोगी भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा आय ब्याय तथा संस्थाको प्रस्तावित वार्षिक कार्यक्रम सार्वजनिक गर्दै ब्यवस्थापक राजेन्द्र घिमिरेले २ हजार १ सय ८१ जना सेयर सदस्य रहेको संस्थाले ४३ लाख १३ हजार २ सय १८ रुपैयाँ खुदनाफा गरेको बताउनुभयो ।

२०५३ साल्ऽमा स्थापित सहकारी संस्थाका सचिव टंकप्रसाद पौडेलले प्रगती प्रतिवदन पेस गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष बालकृष्ण घिमिरेको अध्यक्षतामा भएको स्थानीय छविलाल आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो भने कालिका गाउ पालिकाका प्रमुख सिता पौडल अधिकारी उत्तर गया गाउ पालिका४ नम्वर वडा अध्यक्ष केशर वाहादुर बुलुङ , जनजागरण बचत तथा ऋण सहकारी संस्थाका ओमप्रसाद्र आचार्यले मन्तव्य दिनुभएको थियो । यसै बिच २४ औ साधारण सभाले सहकारीका पूर्वे व्यवस्थापक बिश्व प्रसाद घिमिरेको अध्यक्षतमा नया कार्य समिति चयन गरेको छ ।
नया कार्यसमितिमा उपाध्यक्षमा छविलाल आचार्य, सचिवमा पुन टंक प्रसाद पौडलले जिम्मेवारी पाउनु भएको छ भने सह सचिवमा बाल कुमारी पनेरु , कोषाध्यक्षमा यमनाथ आचार्य, सदस्यहरुमा भिम प्रसाद घिमिरे, भरत पौडल, देउती आचार्य, शेखर भुषाल , ऋषिश्वर आचार्य, तुलषा आचार्य, भगवति ढुङेल, लाई निर्वाचित गरेको छ भने यसै गरि लेखा समितिको संयोजकमा लक्ष्मण घिमिरे, लेखा समितिसदस्यहरुमा भिमसेन आचार्य, कोमलनाथ घिमिरेलाई जिम्मेवारी दिईएको छ ।

No comments

राजपा अध्यक्षमण्डलको बैठक आज, चुनावी समीक्षा हुने

काठमाडौं, पुस ११ – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक मंगलबार बस्दैछ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका ...