रसुवाको नारायणस्थान आधारभुत विद्यालय गुम्बाडाँडामा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

माघ १७ गते बिहिबार रसुवाको नारायणस्थान आधारभुत विद्यालय गुम्बाडाँडामा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विकास केन्द्र नेपाल (ऋम्ऋ) रसुवाको आयोजनामा कालिका गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थिहरुको स्वास्थ्य परिक्षणको अवस्था भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । कालिका गाउँपालिका वडा नं २ स्थित नारायणस्थान आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष्य लाक्पा स्याङ्बाको सभापतित्व तथा कालिका गाउँपालिका शिक्षा शाखा प्रमुख वासुदेव लामिछाने, नेपाल पत्रकार महासघं रसुवाका अध्यक्ष्य हेमनाथ खतिवडाको आथित्यतामा कार्यक्रम भएको हो । वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका गरि जम्मा ११ जना छात्रछात्राहरुको सहभागि रहेको थियो ।

वक्तृत्वकला प्रतियोगितामा कक्षा ६ का सञ्चिता पाख्रिन प्रथम, कक्षा ८ का नेवाङमो स्याङ्बा द्धितिया र कक्षा ६ मा अध्यानरत आञ्जु लामा त्रितिया हुनु भएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र त्रितिया हुने विद्यार्थिलाई पुरस्कार स्वरुप डिस्नेरी किताब र सामान्यज्ञान प्रदान गरिएको थियो । त्यसैगरी प्रतियोगितामा सहभागि अन्य विद्यार्थिहरुलाई पनि प्रोत्साहन स्वरुप एक एक वटा ब्रस सहितको दन्त मन्जन र साबुन उपलब्ध गराइएको थियो । कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थि ,अभिभावक , शिक्षक ,विद्यालय व्यवस्थापन समितिका परिवार ,सामुदायिक विकास केन्द्र नेपाल रसुवाका जिल्ला संयोजक राजु आचार्य, सोहि विद्यालयका प्र।अ। रुद्र प्रसाद ओझा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कुलमानको घोषणा- अब पोखरा लोडसेडिङमुक्त

१९ पुस काठमाडौं । काठमाडौंलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा पनि लोडसेडिङ नगर्ने घोषणा गरेका छन् । १५ दिनदेखि पोखरामा ...