रसुवाको उत्तरगया गाउँपालिकाको शान्तिबजार, पैरेगाउँ, डाँडागाउँ ,ठुलोगाउँ सडकको अनुगमन कार्य सम्पन्न,,,,,

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवाद्धारा सञ्चालित शान्तिबजार, पैरेगाउँ ,डाँडागाउँ, ठुलोगाउँ सडकको अनुगमन कार्य उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङको नेतृत्वमा इकाईका आयोजना प्रमुख भरतकुमार थापा सहितको टोलीले सम्पन्न गरेको छ ।

भर्खरै निर्माण शुरु सडकको स्तरोन्नती कार्य गरिनेछ । जसमा सडकाको चौडाई ६.२५ मिटर सडक नाली सहितको बन्नेछ । हाल ग्याविन जालीको काम तथा चौडाइ गरिने काम भईरहेको आयोजना प्रमुख भरत कुमार थापाले बताउनु भयो ।
उक्त सडकको कुल लम्बाई १२.०१६ कि.मि रहेको छ । सडक शुरुवात नुवाकोटको किस्पाङ गाउँपालिका २ शान्तिबजारबाट सुरु भई रसुवाको उत्तरगया गाउँपालिका २ को डाँडागाउँ र ३ को ठुलोगाउँमा गई टुंगिन्छ । सडक अनुगमनमा निर्माण व्यवसायी, गाउँपालिका, आयोजना कार्यान्वयन इकाई, वडा अध्यक्षहरु, वडा सचिवहरु, स्थानीय जग्गा धनीहरु, पत्रकार सहितको उपस्थिति रहेको थियो । सडक अनुगमनबाट हाल निर्माण भइरहेको सडकको गुणस्तरीय कार्य भए नभएको तथा व्यवस्थापनका पक्षहरुमा समेत ध्यानाकर्षण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाईका सामाजिक विकास विशेषज्ञ मौलिधन राईले बताउनु भयो ।

सडक अनुगमन पश्चात केही समय साइट अफिसमा निर्माण कार्य सरल, सहज रुपमा गुणस्तरीय कार्य गर्नका लागि समीक्षा बैठकसमेत बसेको थियो । बैठकमा सडकको अवस्था, अव गरिने कार्यहरु गुणस्तरीय र टिकाउ हुनुपर्ने र केही समस्या भएमा गाउँपालिका तथा वडा कार्यालयलाई बताउन समेत निर्माण व्यवसायीलाई गाउँपालिका उपाध्यक्षले बताउनु भएको थियो ।

चौरीपालक किसानको बढेसँगै रसुवामा चिज उत्पादन बढ्यो

रसुवा कार्तिक २०, रसुवामा यो वर्ष चिज उत्पादन बढेको छ । चौरीपालक किसानको संख्या बढेपछि चिज उत्पादन बढेको हो । भूकम्प जानूअघि झण्डै ३६ हजार ...