कालिका गाउँपालिका भित्र रहेको १५ वटा सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण,,,

रसुवाको कालिका गाउँपालिका भित्र रहेको विद्यालयमा गाउँपालिका बाट प्राथामिक उपचारका सामाग्रिका साथ सेनेटरी प्याड वितरण भएको छ ।कालिका गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयमा विद्यार्थिहरुको स्वास्थ्य सगैँ शिक्षामा असर नपरोस भन्नको लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको हो विद्यालयमा तत्तकालै गरीने प्राथमिक उपचारको साथै प्रयोग गर्ने तरीका बारे प्रशिक्षण दिनु भएको हो ।
छात्राहरु विद्यालयमा आउदा रजस्वला भएको कारण घर फर्केर जान नपर्ने स्कुलमानै सेनेटरी प्याडको व्यवस्था भए छात्राहरुको पढाईमा कुनै समस्या नआउने उदेश्यले यो कार्यक्रम गाउँपालिकाले सुरु गरेको स्वास्थ्य संयोजक नारायण पौडेल बताउनुहुन्छ ।
कालिका गाउँपालिकाको १५ वटा सामुदायिक विद्यालयमा जिवनजल ,पारा सिटामोल ,जुगाको औषधि ,आइरन चक्कि,प्रेसर चेकजाँच र सेनेटरी प्याडका लगायतका तत्कालै आवश्यक प्राथामिक उपचारका सामाग्रि वितरण भएको छ ।विद्यार्थिहरु पुरा समय स्कुलमा बसुन भनेर थोरै शुल्कमा स्कुलमा नै प्याडको व्यबस्थापन गरेको शिक्षा शाखा प्रतिनिधि बासु लामिछानेले बताउनु भयो ।
स्वास्थ्य शाखा शिक्षा शाखा र गाउँपालिकाको समन्वयमा यो कार्यक्रम सुरुवात गरेको हो स्वास्थ्य नभई शिक्षा लिन सक्दैन यस्तो महत्वपूर्ण कुरालाई मनन गरि आफ्नो विद्यार्थिहरुलाईस्वास्थ्य समस्या बाट बचाउनुस ,गुणस्तर शिक्षा सामुदायिक विद्यालयमा दिनको लागि कस्तो आवश्यक प–यो स्थानिय सरकारमा ल्याउनुस ।हामि स्रोत र साधनले पुगे सम्म ,गुणस्तर शिक्षाको लागि हामि स्थानिय ,सरकारसँग हातेमालो गरी अघि बढने कालिका गाउँपालिका का उपाध्यक्ष्य भवानी प्रसाद न्यौपाने बताउनु हुन्छ ।
सामुदायिक विद्यालयमा शिक्षा सगसगै स्वास्थ्य आवस्यक परेको भएकोले हामिले यो व्यवस्था गरेको हो ।विद्यालयमा पनि स्वास्थ्यको व्यवस्था हुनुपर्छ ।अनि मात्र गुणस्तर शिक्षामा टेवा पुग्छ ।कालिका गाउँपालिका भित्रको सम्पुर्ण विद्यालयको शिक्षक शिक्षिकाहरुले जानेर बुझेर र सिकेर आफ्नो विद्यालयमा राम्रो सेवा पु–याउनुहोला भन्दै कालिका गाउँपालिकाको अध्यक्ष्य सिता कुमारी पौडेलले आफ्नो मन्तव्य राख्नु भएको छ

प्रचण्डको टिप्पणीः बाबुराममा ज्ञान छ, बुद्धि छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईलाई पनि माओवादीमा फर्किन आग्रह गरेका छन् । रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरुलाई पार्टीमा स्वागत ...