रसुवामा कृषि उपजको अवस्था अन्तरक्रिया सम्पन्न

0

२०७६ बैशाख ३१ गते मंगलबार रसुवाको कालिका गाउँपालिका वडा नं २ कालिकास्थानमा कृषि उपजका बजारको अवस्था सम्भावना र चुनौति बिषयक सरोकारवाला निकायहरु बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भुकम्पपश्चात् महिलाहरुको दिगो जिविकोपार्जन पुन निमार्ण अन्र्तगत कृषि उपजका बजारको अवस्था सम्भावना र चुनौति बिषयमा छलफल भएको हो । एक्सनएडको साझेदारीमा कृषिवन प्रतिष्ठान रसुवाले आयोजना गरेको कार्यक्रममा विश्वमा विशेष गरि खाद्य अभाव हुनुको एउटा महत्वपुर्ण कारण विश्वमै कृषि अनुसन्धानमा भएको कमिलाई लिइएको छ । विगतमा राष्ट्रिय कृषि अनुसन्धानका परिषद र नेपाल कृषि अनुसन्धान कोष जस्ता अनुसन्धान आधिकारिक निकायको विकास भएपनि आवश्यक प्रविधिको अनुसन्धान रकमको अभाव रहेको छ । अनुसन्धानमा पनि धान ,गहुँ ,मकै जस्ता बालिमा मात्र केन्द्रित रहेको देखिन्छ । यसलाई अलि फरक तरिकाले मौसमि तथा बेमौसमि बालीबाट मनग्य आम्दानि लिनुपर्ने कृषिवन प्रतिष्ठिानको जिल्ला संयोजक कमलनाथ आचार्यले बताउनुभयो ।


धेरै युवाहरु विदेशि रहेको अवस्थामा अब युवाहरुलाई नेपालमै सिप र सिर्जना प्रयोग गरि सहकारी मार्फत सहुलियत दरमा कृषिलाई उत्पादनमुखि बनाउनुपर्ने र विकास र प्रवृद्धिसँगै कृषिका धेरै मेसिन र औजारहरु आइसकेकोले अब सहकारिमा जम्मा भएको रकम व्यवसायिमुखि बनाउनुपर्ने वरिष्ठ उद्योग अधिकृत खगेन्द्र नेपालले बताउनुभयो ।


कालिका गाउँपालिकाको उपाध्यक्ष्य भवानी प्रसाद न्यौपानेको अध्यक्ष्यतामा सम्मपन्न भएको कार्यक्रममा जलवायु परिर्वतन र जैविक उर्जाका लागि खेति ,कृषि पेशाको प्रवद्र्धन कृषि जनशक्ति साना किसान मैत्रि बनाउने, कृषिअधिकृतको भुमिका प्रविधिको हुनुपर्ने लगाएत कृषिमा लगानी बढाउनुपर्ने इत्यादि बिषयमा छलफल भएको हो । कार्यक्रममा कालिका गाउँपालिकाको उपाध्यक्ष्य ,बरिष्ठ उद्योग अधिकृत लगायत विभिन्न सहकारि संस्थाका प्रतिनिधि , अगुवा किसान र पत्रकारहरुको बृहत उपस्थिति रहेको थियो ।

No comments

बेपत्ता भनिएका एक निजी विद्यालयका प्रबन्ध निर्देशकलाई बिहीबार साँझ प्रहरीले धुन्चेमा सार्वजनिक गर्यो

  गत चैत १६ गतेदेखि बेपत्ता भनिएका एक निजी विद्यालयका प्रबन्ध निर्देशकलाई बिहीबार साँझ प्रहरीले धुन्चेमा सार्वजनिक गरेको छ  जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका ...