रसुवामा शैक्षिक प्रदर्शनी तथा शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न,

जेठ १७ ,कालिका गाँउपालिकाको आयोजनामा शैक्षिक प्रदर्शनी तथा शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक प्रदर्शनी कार्यक्रममा कालिका गाँउपालिका भित्रका १७ वटा विद्यालयहरुले सहभागि जनाएको थियो ।उक्त कार्यक्रममा भाषा ,अंग्रेजि नेपाली ,गणित ,विज्ञान,सामाजिक ,सिर्जनात्मक कला र शैक्षणिक सम्बन्धि सामाग्रिहरुको प्रर्दशनि गरेको थियो । कविता मिनि कम्प्युटर,डोको चकटी, नेपालको नक्सा, झण्डा ,खेर गएको वस्तुवाट बनेको विभिन्न सामाग्रि फुल,घर तथा गणित सँग सम्बन्धित उक्त सामाग्रिहरुको प्रर्दशन गरीएको थियो ।कार्यक्रमलाई कालिका गाउँपालिका प्रमुख सीता कुमारी पौडेल अधिकारिले नीलकण्ठ माध्यामिक विद्यालयका कक्षा १० मा अध्यनरत विद्यार्थी विशाल तामाङले बनाएको मिनि कम्प्युटरबाट उद्धघाटन गर्नुभएको थियो ।


शिक्षकतर्फ भाषा प्रथम ज्याङलाङ प्राथमिक विद्यालयका सरस्वती देवकोटा ,द्धितिय निलकण्ठ नमुना माध्यामिक विद्यालयका डिल्ली कुमार देवकाटा ,तृतियमा ज्याङलाङ प्राथमिक विद्यालयका गगनराज देवकोटा,गणित ,विज्ञानमा प्रथम सुर्योदय प्राथमिक विद्यालयका धर्मदत्त अधिकारी , ,द्धितियमा नारायणस्थान आधारभुत विद्यालयका नमराज घिमिरे,तृतियमा, नारायणस्थान माध्यामिक विद्यालयका रुद्र प्रसाद ओझा सामाजिकतर्फ प्रथम नारायणस्थान आधारभुत विद्यालयका गंगाधर न्यौपाने , ,द्धितिय कालिका हिमालय माध्यामिक विद्यालयका श्याम कुमार गुरुङ, तृतियमा निलकण्ठ नमुना माध्यामिक विद्यालयका अर्जुन प्रसाद देवकोटा र सिर्जनात्मक कलामा प्रथम ज्याङलाङ प्राथमिक विद्यालयका कृष्टिना मोक्तान , द्धितियमा शिलादेवि प्राथमिक विद्यालयका राजकुमारी शाहि,तृतियमा बच्छला देवि आधारभुत विद्यालयका धनमाया डंगोल हुनुभएको थियो ।


यसैगरी विद्यार्थीतर्फ भाषामा निलकण्ठ नमुना माध्यामिक विद्यालयका प्रज्ञा देवकोटा प्रथम ,बच्छला देवि आधारभुत विद्यालयका मनिका न्यौपाने, , द्धितिय बच्छला देवि आधारभुत विद्यालयका उषा न्यौपाने, तृतिय, गणित,विज्ञानमा नीलकण्ठ माध्यामिक विद्यालयका विशाल लामा, प्रथम कालिका हिमालय माध्यामिक विद्यालयका विक्रम पुडाशैनी, द्धितिय बच्छला देवि आधारभुत विद्यालयका खुशिराम न्यौपाने, तृतिय सामाजिकमा कालिका हिमालय माध्यामिक विद्यालयका दिपा तामाङ प्रथम, कालिका हिमालय माध्यामिक विद्यालयका मोनिका तामाङ द्धितिय, ज्याङलाङ प्राथमिक विद्यालयका विवश तामाङ तृतिय,सिर्जनात्मक कलामा कालिका हिमालय माध्यामिक विद्यालयका सपना गोले प्रथम, बच्छला देवि आधारभुत विद्यालयका सुमन न्यौपाने द्धितिय, शिलादेवि प्राथमिक विद्यालयका अप्सरा सुनुवार तृतिय भएको हो ।


कालिका गाँउपालिकाको कार्यलयमा भएको शैक्षिक प्रोत्साहन कार्यक्रममा शैक्षिक सत्र २०७४को एस .ई.ई परीक्षामा ३.६० अंक प्राप्त गरी उतिर्ण भएका नीलकण्ठ नमुना माध्यामिक विद्यालयका विशाल राना तामाङले र३.७५ प्राप्त गरी उतिर्ण भएका नर्थपोल अंग्रेजी माध्यामिक विद्यालयका शिशिर देवकोटालाई नगद रु२२५० प्रदान गरी सम्मान गरीएको छ ।कालिका गाउँपालिकाले शैक्षिक प्रोत्साहन कार्यक्र आर्थिक बर्ष ७५ ७६ बाट उत्कृष्ट शिक्षक छनौट गरी नगद रु २२५० सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरीएको छ । प्राथमिक पदमा राधिका पौडेल न्यौपाने बच्छला देवि माध्याममिक विद्यालयका शिक्षक निम्न माध्यामिक पदमा अर्जुन पूसाद देवकोटा ,निलकण्ठ नमुना माध्यामिक विद्यालयका शिक्षक, माध्यामिक पदमा टंक बहादुर ओली कालिका हिमालय माध्यामिक विद्यालयका शिक्षक प्रावि पदमा राजेन्द्र तामाङ ग्राङ, प्राथमिक विद्यालयका प्रधानाध्यापक निम्न माध्यामिक पदमा रुद्र प्रसाद ओझा , नारायणस्थान आधारभुत विद्यालयका प्रधानाध्यापक ,बाल विकास केन्द्र पदमा अन्जु न्यौपाने ढकाल,मनकामना प्राथमिक विद्यालयको माध्यामिक पदमा देबेन्द्रराज देवकोटा सेतिभुमे माध्यामिक विद्यालयका प्रधानाध्यापक र उत्कृष्ट विद्यालय कर्मचारीमा निलकण्ठ नमुना माध्यामिक विद्यालयका रामशरण पौडृल ,उत्कृष्ट विद्यालय सहयोगिमा कालिका हिमालय माध्यामिक विद्यालयका सरस्वती न्यौपाने ,उत्कृष्ठ अध्यक्ष्यतामा बच्छलादेवी आधारभुत विद्यालयका तोयानाथ न्यौपाने छनोट भएको छ ।

पालिका भित्रका विद्यालय मध्ये शैक्षिकसत्र २०७५ काृ आधारमा मुल्याङ्कन गरी कालिका हिमालय माध्यामिक विद्यालय , बच्छलादेवी आधारभुत विद्यालयका र , शिलादेवि प्राथमिक विद्यालय उत्कृष्ट विद्यालयमा छनौट गरी सम्मान गरीएको छ ।
त्यसैगरी शैक्षिकसत्र २०७५ कोृ आधारभुत तह उर्तीण कक्षाबाट परिक्षामा ३.९१ अंक प्राप्त गरेको कालिका हिमालय माध्यामिक विद्यालयका छात्र विक्रम पुडासैनिले ३.७८ अंक प्राप्त गरेकोे ग्रिन गार्डेन .आवसिय माध्यामिक विद्यालयका छात्रा नम्रता ढकाल ३.७५र३.७५अंक प्राप्त गरेको दिक्षित पौडेल ,सुन्दरा माध्यामिक विद्यालयका छात्रा कल्पना मगरलाई नगद रकम रु१५०० सहित प्रमाणपत्र प्रदान गरी कालिका गाउँपालिकाले सम्मान गर्नुभएको छ ।

किसानलाई कृषि प्रविधि प्रदान

२५ पुस-विनाशकारी भूकम्पका कारण संङ्कटमा परेको खाद्य सुरक्षालाई ध्यानमा राखी रसुवाका किसानलाई कृषि प्रविधि तथा अन्य उपकरण प्रदान गरिएको छ । सरकारले कृषि मन्त्रालय तथा ...