रसुवा जिल्ला कालिका गाउँपालिकामा रहेको कालिका सामुदायिक स्वास्थ्य ईकाइ भबिष्यमा LEONC सेन्टरको रुपमा समेत विकास गरीने,,,,,

0

रसुवा जिल्ला कालिका गाउँपालिकामा रहेको कालिका सामुदायिक स्वास्थ्य ईकाइमा यस अघि वर्थिङ सेन्टर समेत स्थापना गरीएको र भबिष्यमा LEONC सेन्टरको रुपमा समेत विकास गरीने लक्ष्य रहेकोले उक्त संस्थाको लागि वडा नं १,२ र ३ का जनतालाई समेत पायक पर्ने अवस्था मध्यनजर गरी रु १३ लाख बराबरको MDX ३०० को X-RAY मेसिन खरीद गरी सेवा सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस अघि जिबजिबे PHC मा मात्र X-RAY सेवा रहेकोले धोवि खोला पहिरोमा बर्षातको समयमा समस्या रहेकोले स्वास्थ्य सेवालाई सबैको पहुचँ पु–याउने उदेश्यले कालिका सामुदायिक स्वास्थ्य ईकाइमा X-RAY  मेसिनको व्यवस्था गरीने निर्णय २०७६/०२/२२ गते कार्य पालिकाको बैठकले गरेको कालिका गाउँपालिकाको प्रवक्ता मालफुर्पा तामाङले बताउनुभयो ।

No comments

देउवालाई भेटेर ओलीले भने- तत्काल संकटग्रस्त क्षेत्र घोषणा गरियोस्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको तथ्यपरक वितरण तत्काल संकलन गर्न सरकारसँग माग गरेको छ । एमालेले बाढी पहिरो प्रभावित ...