बिएसी नर्सिङ गरेकी प्रतिमाले बिहेको पैसा सामाजसेवामा

0

रसुवा

बिएसी नर्सिङ गरेकी प्रतिमा तामाङले बिलासी जाँड रक्सीकाे मात्रामा केही कमी गराएर साे रकम समाजसेवामा प्रयाेग गर्ने निर्णय गरेकी बताउँछिन्। रसुवा जिल्ला गाेसाइकुन्ड गा.पा.-५ स्याफ्रुबेशी निबासी २६ बर्षिया तामाङ रसुवाघडी हेल्थ डेक्समा सेवामा कार्यरत छिन्। नर्स तामाङ बैशाख २७ गते मेगा बैंकका म्यानेजर श्री क्षाेक्याल दाेर्जे लामासंग आफ्नाे सामाजिक परम्परा अनुसार विधिबद बैबाहिक जीवनमा बाँधिएकी थिईन् । तर साे कार्यक्रममा प्रयाेग हुने बिलासी जाँड रक्सीकाे मात्रामा केही कमी गराएर साे रकम समाजसेवामा प्रयाेग गर्ने निर्णय गरेकी बताउँछिन् नर्स तामाङ । उहांकाे कार्यक्रम रसुवा कै पिछडिएकाे गाउँ ग्रे ग्राङमा गर्ने याेजना रहेकाे बताउने नर्स तामाङले मिति २०७६ जेष्ट २६ गते आईतबारका दिन,ग्रे गाउँमा अवस्थित ग्रे आधारभुत नि.मा. का ६५ जना विद्यार्थीहरूलाई स्टेस्नरी सामाग्रीहरू वितरण गर्नुका साथै विद्यालयका विद्यार्थीहरूलाई स्वास्थ्य हाईजिन सम्बन्धि तालिम पनि दिएका थिइन् ।

सामाग्रीमा साना कक्षाकालाई कलम कापी, डिटाेल साबुन ,ब्रस ,मन्जन ,नेलकटर , पेन्सिल , इरेजर, कटर,रहेका छन् भने ठूला कक्षाका छात्राहरूलाई सेनिटरी प्याट र अन्डरवेर थप छन् । नर्स तामाङले कक्षा ६,७ र ८ का छात्राहरूलाई महिनावारी चक्र तथा साे अवधिमा कसरी स्वस्थ रहने भनी छुट्टै कक्षा पनि लिएकी थिइन् । साे कार्यक्रम ल्याउनु भएकाेमा विद्यालयका प्रधानाध्यापक श्री सुरज तामाङले धन्यवाद दिनुका साथै नर्स तामाङकाे यस्ता उदाहरणीय कार्यक्रमहरूले त्यहाँका गरीब विद्यार्थीहरूमा अझ थप हाैसला मिल्ने बताउनु भएको थियोे।

“स्वस्थ र शिक्षित सामज निर्माण” अभियानमा लागेकी नर्स तामाङ तत्कालै ग्राङ र ठाडेका विद्यालयहरूमा पनि कार्यक्रम राख्ने याेजना रहेकाे बताउँछिन् । बिएसि नर्सिङ अध्ययन गरेर उनले आफूसगै आफ्नो देशको हरेक नागरिकलाई स्वास्थ्य सेवाबाट बन्चित हुन नहुने अभियान लिएर हिडेको उनले बताईन् । बिएसी नर्सिङ गरेर काठमाडौंमा केही बर्ष काम गरेपछी उनले आफ्नै जन्मभूमी रसुवामा केही गर्नु पर्छ भनेर लागेकी छिन् ।

No comments

झण्डावाल गाडी नदिएको भन्दै मन्त्रीले सीडीओको उछितो काढे

आफूलाई झण्डावाल गाडी नपठाएको भन्दै भूमिसुधारमन्त्री गोपाल दहितले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारीको उछितो काढेका छन् । भूमिसुधार मन्त्री दहित दाङमा हुने ‘मुक्त कमलरी परिचय ...