साप्ताहिक राशिफल

मेष राशिः यो साता मेष राशि हुनेहरुको लागि राजनितिमा लाग्नुभएकाहरुको लागि राम्रो योग छ । चन्द्रमा र सुर्य सँगै गएर बसेको कारणले आगलागि हुने सम्भावना देखिन्छ त्यसैले आगोबाट बच्नुहोला । यो साता उत्तर र दक्षिणको यात्रा गर्दा राम्रो हुनेछ । पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ यदि पार्टनरसिपमै कुनै कार्य थाल्दै हुनुहुन्छ भने शनिबारको दिन माछामासु नखाएर शुद्ध हुनुभयो भने राम्रो हुनेछ ।

बृश राशिः यो सातामा चन्द्रमा गृह राम्रो छ । धनसम्पति आर्जन हुने देखिन्छ  । व्यापार व्यावसाय राम्रो हुनेछ । परिवारमा पितासँगको सम्बन्ध खासै राम्रो देखिदैन त्यसैले सोमबार उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ । शिक्षामा राम्रो हुने देखिन्छ । बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ, बिदेश जानेहरुले निलो रङको बढि प्रयोग गर्नुभएमा अझ राम्रो हुनेछ । स्वास्थ्य पनि राम्रो रहनेछ ।

मिथुन राशि: मिथुन राशिहुनेहरुको बृहस्पति राम्रो देखिन्छ त्यसैले धनसम्पति, ज्ञान आर्जन हुने देखिन्छ । यो साता पार्टनरसिप सँगको कार्यमा त्यति राम्रो देखिदैन । सुनचाँदी, गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला । स्वास्थ्य पनि राम्रो हुनेछ ।

कर्कत राशि: यो साता तपाईको लागि सामान्य छ । सनि गृहको प्रभाव राम्रो देखिन्छ । बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ । खानपिनमा ध्यान दिनुहोला । यात्रा गर्दा दक्षिण नगर्दानै राम्रो । राति सुत्दा नराम्रो सपना देख्न सकिने हुँदा दक्षिण सिरानी गर्नुभयो भने राम्रो हुनेछ ।

सिंह राशि: यो साता तपाईको लागि खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ । बिदेशसँग सम्बन्धित कार्य राम्रो हुनेछ । यदि कसैलाई धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ । प्रेम सम्बन्धमा सोचेभन्दा बढि सफलता मिल्ने देखिन्छ ।

कन्या राशि: यो राशि हुनेहरुलाई सो साता शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ । टाउको दुख्ने सम्भावना आउनसक्छ त्यसैले सुर्यलाई जल चढाउनुभयो भने राम्रो हुने देखिन्छ । बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन त्यसैले गौरीशंकर रुद्राक्ष छ भने त्यसको लकेट बनाएर लगाउनुभयो भने जीवनभर सम्बन्ध राम्रो हुनेछ ।

rasifal

 

तुला राशि: सो साता साथीभाईहरुको राम्रो सहयोग मिल्नेछ । कुनै नयाँ कार्य गर्दै हुनुहुन्छ भने आमा पिता अथवा माताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ । धनसम्पति फस्नेखालको योग छ त्यसैले लगानि नगर्दा नै राम्रो देखिन्छ । खेलकुद र कलाकारीता को क्षेत्रमा सफलता हुने देखिन्छ ।

वृशिक राशि: यो साता खुट्टामा चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ । यो साता नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ । दाजुभाई सँगको सम्बन्ध त्यति राम्रो देखिदैन त्यसैले मंगलबार माछामासु नखाँदा राम्रो हुने देखिन्छ ।

धनु राशि: यो साता सामान्य छ । शिक्षामा सफलता मिल्ने योग छ । यदि तपाईले सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ । छात्रबृति पाउन सक्ने योग छ । धनसम्पति लाभ हुने देखिन्छ । प्रेम सम्बन्ध र बैबाहिक सम्बन्धमा यो साता राम्रो छ । खेलकुदमा त्यति राम्रो देखिदैन ।

मंकर राशि: यो साता तपाईका लागि शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ । यो साता कालो रङको कुनै पनि कपडा प्रयोग नगर्नाले कुनै नकारात्मक चिजहरु हुँदैन । शिक्षा मा राम्रो छ । प्रेम सम्बन्धमा भने सानो बाधा आउन सक्ने देखिन्छ त्यसैले शुक्रबार माछामासु खान छोड्नु भयो भने राम्रो हुनेछ ।

कुम्भ राशि:कुम्भ राशि हुनेहरुका लागि यो साता मंगल र बुधको संयुक्त योग छ त्यसैले कुनै पनि मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ । त्यसैले मंगलबारको दिन माघामाछु र नुन पनि नखाएर शुद्ध रहनुभयो भने राम्रो हुने देखिन्छ । नसोचिकन धनसम्पति लगानी नगर्नुहोला । कसैलाई धन दिनुपर्ने छ भने बिहिबार दिनुभयो भने राम्रो हुने देखिन्छ । साथीभाई सँगको सम्बन्ध राम्रो देखिएको छ । प्रेम सम्बन्ध र बैबाहिक सम्बन्ध पनि राम्रो देखिन्छ ।

मिन राशि:यो साता राहु र शनिको संयुक्त हुने हुनाले राम्रो हुने देखिन्छ । सन्तान हुनेहरुमा सन्तानमा सानो समस्या आउनसक्छ त्यसैले राम्रो केयर गर्नुहोला । साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ । व्यापार व्यावशाय राम्रो हुनेछ । प्रेम सम्बन्धमा सानो बाधा आउनसक्छ त्यसैले मंगलबार र शुक्रबार माछा मासु खान छोड्नुभयो भने राम्रो हुने देखिन्छ ।

‘म यस्तो गीत गाउँछु’ ले पुरा गर्यो ५१ दिन

सुदर्शन थापा र पूजा शर्माको सहकार्यमा निर्माण भएको यस वर्षको पहिलो सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ हालसम्म काठमाण्डौका केही हलमा चलिरहेको छ । बालाजुको ...