धुर्मुस-सुन्तलीद्वारा बाल्टिमोरमा सांस्कृतिक कार्यकम

अमेरिका । बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) ले विगत वर्षमा जस्तै यसवर्ष पनि नयाँ वर्ष २०७२ को अवसर पारेर बृहत सांस्कृतिक कार्यकमको आयोजना गर्ने  भएको छ ।

स्थानीय कलाकार, बिशिस्ठ व्यक्तित्वहरु तथा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’, चर्चित लोक तथा दोहोरी गायिका संगीता थापामगर, चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र युवापुस्ताका चर्चित आधुनिक गायक प्रमोद खरेलको प्रस्तुती रहने बानाले जनाएको छ ।

new-year-program-baltimor

बाल्टिमोर, मेरिल्याण्ड तथा वरपर रहेका सम्पूर्ण नेपालीहरुलार्इ कार्यक्रममा सहभागिताका लागि बानाले अनुरोध गरेको छ ।

१२ बर्ष सम्मकालाई प्रवेश निःशुल्क गरिएको बृहत सांस्कृतिक कार्यकममा सशुल्क बिबिध परिकारको प्रवन्ध मिलाइएको अयोजकले जनाएको छ । जोसेफ चर्चमा अप्रिल २६ तारिखका दिन साँझ साढे सात बजेदेखि शुरू हुने कार्यक्रमका लागि २० डलरको टिकटको ब्यवस्था मिलाइएको छ ।

भक्तपुरमा चालक अनुमति पत्रको ट्रायल परीक्षा सुरु

यातायात व्यवस्था कार्यालय भक्तपुरले बुधबारदेखि चारपाङ्ग्रे गाडीको  चालक अनुमति पत्र लाइसेन्सको ट्रायल परीक्षा सुरु गरेको छ । भक्तपुरमा कार्यालय संचालन गरेपछि चार पाङ्ग्रे गाडीको लिखित ...