जेठ ६, रसुवा
विनाशकारी महाभूकम्पमा रसुवा जिल्लाका दश हजार भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ । १० हजार ७ सय ५० घर पूर्ण क्षतिग्रस्त भएको र १ सय ८७ घर आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयका अरुण कार्कीले जानकारी दिनुभयो ।
रसुवा जिल्लामा राहत तथा उद्धारका कार्यक्रमहरु भइरहेका छन् । रसुवामा ५ सय ६९ जनाको मृत्यु भएको र दुई सय ३४ जनाको हराइरहेको जानकारी दिएको छ । लाङटाङ केही विदेशी तथा स्वदेशी पर्यटक, स्थानीयवासी हिमपहिरोमा पुरिएर बेपत्ता छन् भने केही बचेका स्थानीयलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ भने टिमुरेस्थित रसुवागढी नाका तथा मैलुङ क्षेत्रमा सुख्खा पहिरोमा पुरिएकाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।
