रेडियो लांगटांगद्वारा आधारभूत रेडियो पत्रकारीता तालिम सम्पन्न

पर्यटन विकास तथा सञ्चार केन्द्र धैबुङ्ग ५ कालिकास्थान रसुवाले प्रसारणमा ल्याउन लागेको रेडियो लाङटाङ ९० दशमलव ३ मेगाहर्जले आयोजना भएको आधारभुत रेडियो प्रत्रकारिता तालिम समापन भयो ।
कालिकास्थानका स्थानीय समाजेवी टंकप्रसाद ढकालको आथित्यमा समापन भएको तालिममा र संस्थाका अध्यक्ष नारायणचन्द्र सुवेदी र सचिव गीता न्यौपाने र तालिममा सहजिकरण गरेका थिए ।

५ सय वाट् क्षमता भएको रेडियो लाङटाङ यहि २०७१ फागुन १ गते बिश्व रेडियो दिवसको अबसर पारेर प्रसारणमा आउन लागेको पर्यटन विकास तथा सञ्चार केन्दका सदस्य भरत तामाङले वताए ।
रेडियो प्रशारण भए पछि यो रसुवाको दोस्रो रेडियो हो । तीनवर्ष अघिदेखि धुन्चेमा ग्रेस नेपालकाठमाण्डौद्वारा स२चालित रसुवा एफएम सञ्चालनमा आएको छ ।

सहकारी ठगीको आरोपमा नुवाकोटका दुई महिलासहित तीन जनालाई कैद र नगद जरिवाना ।

२१ चैत, नुवाकोट । सहकारी ठगी गरेको कारण नुवाकोटको खड्गभन्ज्याङका दुई महिलासहित तीन जनालाई कैद र नगद जरिवानाको फैसला गरेको हो । जिल्ला अदालतले विदुर ...