भूकम्प आउँदा केही सभासद भागे

२६ साउन – संविधानसभाको बैठक चलिरहेकै बेला भूकम्पको धक्का महशुस भएपछि केही सभासदहरुको भागभाग भएको छ । तर, छोटो धक्का रोकिनासाथ धेरै सभासदले आफ्नो कुर्सी छाडेनन् । धक्का महसुस हुँदा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी बोलिरहेका थिए ।

BICC-Nepal

विहान १० बजेर ४३ मिनेटको समयमा अचानक भूकम्पको धक्का महसुस हुनासाथ केही सभासद आफ्नो कुर्सी छाडेर बाहिर भाग्न लागेका थिए । उपेन्द्र यादवे बोलिसकेर राप्रपा नेपालका दिलनाथ गिरीले बोल्न थाल्दा भूकम्पको धक्का महसुस भएको थियो ।

अध्यक्ष सुवास नेम्वाङले सभासदहरुलाई ‘आफ्नो आसनमा बस्नुस माननीय’ भने पनि केही सभासदहरु डराएर बाहिर निस्किसकेका थिए ।सभामुखको कुर्सी पनि हल्लिएको प्रष्ट देखिन्थ्यो । बोलिरहेका सभासद गिरीले यो भूकम्प भन्दा राजनीतिक भूकम्प ठूलो हो भन्दै आफ्नो भनाइलाई निरन्तरता दिए ।

इटली युरोकपका लागि छनोट

२४ असोज- इटली युरो कप फुटबलका लागि छनोट भएको छ । नेदरल्याण्डले युरोकप गुमाउने खतरा बढेको छ । शनिबार राति भएको खेलमा इटलीले अजरबैजानलाई ३–१ ...