साउन, काठमाण्डौँ । अहिले नेपाली संगीत क्षेत्रको बजारमा ज्योति मगरको सर्वत्र चर्चा छ । समाजिक सञ्जालमा उनको खुलापनको पक्ष विपक्षमा वादविवाद उत्तिकै छ । आलोचनासँगसँगै सर्मथनका स्वरहरु पनि सुनिएका छन् । यो चर्चालाई चुल्याउन गायक रामप्रसाद खनालको फेसबुक स्टाटसले पनि ठूलो भूमिका खेल्यो । रामप्रसाद खनालले ज्योति मगरलाई निलो फिल्म खेल्न सुझाव दिएको खबरहरु सबैतिर फैलियो । यो कुरा ज्योति मगर र उनका सर्मथकलाई सह्य भएन ।
सामाजिक सञ्जालमा नै रामप्रसाद खनालको पनि तिखो आलोचना भयो । यो विवादलाई टुंग्याउने हेतुले गायक खनालले अमेरिकाबाट १५ मिनेट खर्चिएका छन् । जहाँ उनले ज्योति मगर चेलीबेटी भएकाले चिन्ताले उनको उत्ताउलोपनको आलोचना गरेको बताएका छन् । स्टाटसमा भएको सकारात्मक कुरालाई बिर्सेर कुरा ट्वीस्ट गरेर समाचार लेखिएकोप्रति उनले आपत्ती पनि जनाएका छन् । आफुले पनि २५, २६ वर्ष पत्रकारिता गरेकाले आगो लगाउने हेडलाईन राखेर समाचार सम्प्रेषण नगर्न अनलाईनहरुलाई उनले चेतावनी मुलक आग्रह गरेका छन् । यस्तै, सामाजिक सञ्जालमा भूपु नेपाली भनिएको प्रति पनि उनले आपत्ती जनाएका छन् । अमेरिकामा बसेर तँलाई के खाँचो भन्नेहरुलाई उनले सचेत गराएका छन् । तल्लो स्तरका गालि ज्योति मगरलाई गाली नगर्न सुझाव दिँदै उनले भावुक हुँदै ज्योति मगर र दर्शकलाई यस्तो आग्रह गरेका छन् । भिडियो हेर्नुहोस