जबर्जस्ती करणी गर्ने शाह पक्राउ

१५ भदौ-पोखरा–१४ घर भएकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ जिल्ला घर भई पोखरा–८ बस्दै आएका वर्ष २४ का नारायण शाहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।th

शाहले ती बालिकालाई मामाघर लगिदिन्छु भनी पोखराको पृथ्वीचोकस्थित एक होटलमा ल्याई साउन २९ गते जबर्जस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । प्रहरीले शाहलाई करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

काठमाडौंको चुनावः नानीमैयादेखि रञ्जु दर्शनासम्म !

१२ बैशाख, काठमाडौं । नेपालको ऐन-कानुनले नकारात्मक भोटिङलाई कार्यान्वयनमा ल्याएको छैन । तर, धुलो र हिलोबाट वाक्कदिक्क बनिसकेका राजधानीबासीले महानगरको चुनावमा ‘नकारात्मक भोट’ प्रयोग गरे ...