संविधासभामा मतदान हुदै

२८ भदौ- नेपालको संविधान २०७२ को परिमार्जित बिधेयकका धाराहरुमाथि आज पनि संविधासभामा मतदान हुदैछ ।प्रस्तावना र अनुसूचीमा परेका संशोधन प्रस्तावहरु मतदानबाट टुंगो लगाउँदै पास गर्ने क्रम आज पनि निरन्त हुनेछ । संविधानसभाले आइतवार संविधानका धारा १,२ र ३ पारित गरेको थियो ।

Ca-Meet

संविधानसभा नियमावली अनुसार सबै धाराहरु कम्तिमा दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ । सभाध्यक्ष सुवास नेम्वाङका अनुसार दुई तिहाई भन्नाले तत्काल कायम रहेका सदस्यहरुको दुई तिहाइ हो ।

कुल ५९७ सभासदमध्ये मधेश केन्द्रित साना दलका ५७ सभासद मतदान प्रक्रियामा सहभागाी छैनन् । बाँकी ५ सय ४० सभासदहरु संविधान जारी गर्ने प्रक्रियामा सहभागी छन् ।तीमध्ये कांग्रेसका ५ जना मधेसी सभासदले मतदान प्रक्रियामा सहभागी नहुने बताएका छन् भने एमाओवादीका प्रभु साहले पनि बहिस्कार गरेका छन् । यसो गर्दा संविधान जारी गर्ने प्रक्रियामा ५ सय ३४ सभासद सहभागी हुनेछन् ।

देउवाले भने-कांग्रेसलाई विदेशीले पत्याउँछ, बृद्ध भत्ता दोब्बर गर्छौं

३० चैत, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र भइरहेको बताएका छन् । पोखरामा बुधबार आयोजित चुनावी सभालाई ...