सुनको मूल्य घट्यो

२८भदौं – नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय ५० रुपैयाँ घटेको छ । केही समयदेखि अस्थिर रहेको सुनको मूल्य आज घटेको हो ।आईतबार तोलाको ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य भने आज प्रतितोला ४९ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।th

हिजो तोलाको ६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ६ सय ८०ल रुपैयाँमा ओर्लिएको छ । सुनचाँदीको मुल्य अस्थिर रहेपनि तीजको मुखमा सुन पसलहरुमा उपोभोक्ताको भीड छ ।

दौरा सुरुवाल राष्ट्रिय पोशाक भएन

२८ भदौ- नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा साडीचोलो कायम गर्नुपर्छ भन्ने प्रस्तावलाई संविधानसभाले अस्वीकार गरेको छ । अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दौरा ...