इन्टर मिलानको यात्रा टुंगियो

असोज ११ – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको अपराजित यात्रा टुंगिएको छ । आइतबार राति भएको खेलमा फिओरेन्टिनासँग ४–१ ले पराजित भएसँगै इन्टर मिलानको अपाराजित यात्रामा पूर्णविराम लागेको हो । सुरुवातको चौंथो मिनेटमा नै पाएको पेनल्टीको अवसरलाई सदुपायोग गर्दै योसिप इलिचिकले फिओरेन्टिनालाई सुरुवाती अग्रता दिलाए ।फिओरेन्टिनाकोजितमा निकोला कलिनक नायक बने । कलिनकले ह्याट्रिक गरे । १८ औं मिनेटमा कलिनकले व्यक्तिगत पहिलो गोल गर्दै फिओरेन्टिनाको अग्रता दोब्बर पारे ।

2CD6909500000578-3251398-image-a-20_1443392799552

त्यसको पाँच मिनेटपछि कलिनकले व्यक्तिगत दोस्रो गोल गरेपछि फिओरेन्टिनाको अग्रता ३–० मा पुग्यो । ३१ औं मिनेटमा मिरान्डा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको इन्टर मिलानकालागि ६० औं मिनेटमा आइकार्डीले एक गोल फर्काए । ७६ औं मिनेटमा कलिनकले ह्याट्रिक पुरा गरेपछि फिओरेन्टिना ४–१ ले विजयी भयो ।

जितसँगै फिओरेन्टिना ६ खेलबाट १५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फिओरेन्टिना १६ वर्षपछि पहिलो पटक सिरी एको शीर्ष स्थानमा उक्लिएको हो । सिरी एको डिफेन्डिङ च्याम्पियन युभेन्टसले यो सिजन निकै खराब प्रदर्शन गरेको छ । ६ खेलबाट मात्रै पाँच अंक जोडेको युभेन्टस तालिकाको १५ औं स्थानमा छ ।

रेडियो धादिङमा आक्रमण (फोटोफिचर)

८ असोज धादिङ । सरकारले आक्रमण शैलीमा सामुदायिक रेडियो धादिङको भवन भत्काएको छ । रेडियोकर्मी सुतिरहेका बेला बिहान ४ बजे जिल्ला वन कार्यालय धादिङको अगुवाईमा ...