धनियाँमा पनि निर्भर छैन नेपाल

१९ असोज- भारतले आफू अनुकुलको संविधान नभएको भनी नेपालमा अघोषित नाकाबन्दी गरेपछि नेपाल आत्मनिर्भर हुनुपर्ने बहस सबैतिर छ । तर नेपाल आत्मनिर्भर हुनुपर्ने बहस शुरु हुँदा नेपालमा उत्पादन गरेर विदेश निर्यात गर्न सकिने बस्तुसमेत उत्पादन नभएर विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ ।

नेपालले विदेशबाट आयात गर्ने वस्तुको लामो सूचीमा धनियाँ समेत छ । धनियाँ नेपालमै प्रशस्त उत्पादन गरेर विदेश निर्यात गर्नुपर्नेमा उल्टै भारतबाट ठूलो परिमाणमा धनियाँ नेपाल भित्रिने गरेको छ ।

dhaniya

ब्यापार निकासी प्रवर्द्धन केन्द्रका अनुसार भारत र तेस्रो मुलुकबाट धनियाँ र यसको बिउ आयात भएको छ ।केन्को आर्थिक वर्ष २०७१र७२ को अभिलेखमा ४२ करोड ५३ लाख ७३ हजार ३ सय ७५ रुपैयाँको धनियाँ बिउ र टुक्राइएको धनियाँ आयात भएको छ । अन्य सामानजस्तै नेपालले धनियाँ आयात गर्ने प्रमुख देश भारत हो । सात समुन्द्र पारीका बुल्गेरिया र अर्जेन्टिनाबाट पनि धनियाँ आयात भएको तथ्यांक छ ।

करोडौँ राजस्व उठ्छ, एउटा ट्वाईलेट समेत छैन

नेपाल र चिन बिच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा सार्वजनिक शौचालय नहुदाँ सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । नाकामा सार्वजनिक शौचालय नहुदाँ ...