१९ असोज-नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको मिति भने बुधबार बस्ने केन्द्रीय समितिले टुंगो लगाउने छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले आगामी महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको हो ।यसअघि १२ औं महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा भएको थियो । केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको भए पनि असाधारण स्थिति जनाएर एक वर्षमात्र थप्न पाइने व्यवस्था विधानमा छ ।
एक वर्षको म्याद कांग्रेसले ६ महिनाअघि थप गरिसकेको छ । थप गरेको म्याद असोज पहिलो साता सकिएको छ ।
