मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता

स्पेनका सरकारी वकिलले बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता लिएका छन् । अर्जेन्टिनाका मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता लिइएको र अब उनका बुबा जर्जमाथि कर छलिको मुद्दा दायर गर्ने तयारी भएको स्पेनका सरकारी वकिलले बताएका छन् ।

 

_83544342_027621502-1

मेस्सीमाथि लागेको कर छलिको आरोप प्रमाणित भएको भए उनले १८ महिनाको जेल सजाय तथा २२ लाख अमेरिकी डलर जरिवाना तिर्नु पर्ने थियो । मेस्सीका वकिलले मेस्सीसँग आफ्नो आम्दानीको कर तिरिएको छ कि छैन भनेर अध्ययन गर्ने समय नभएको र नियतबस नभइ व्यस्तताको कारणले समयमा कर तिर्न नसकेको बताएपछि सरकारी वकिलले उनमाथि लागेको आरोप फिर्ता लिने निर्णय गरेका हुन् ।

अब छोराको आम्दानीको कर तिर्न आनाकानी गरेको आरोपमा मेस्सीका बुबामाथि कर छलिको मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिताको उपाधि वट्टार डोजोले जित्यो

विदुर मंसिर १३, नुवाकोटको वट्टारमा सम्पन्न जिल्लास्तरिय तेक्वान्दो खेल छनौट प्रतियोगितामा वट्टार डोजाले उपाधि जितेको छ । नुवाकोट तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा नुवाकोटका १६ ...