रसुवाका बालबालिकाहरू जोखिममा

२२ असोज-विनाशकारी भूकम्पपछि रसुवा जिल्लामा बालबालिकाहरू जोखिममा परेको देखिएको छ । जिल्ला बालकल्याण समितिले दिएको जानकारी अनुसार ४ सय भन्दा बढी बालबालिकाहरू जोखिममा परेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।Photo20150916Rasuwa9

विनाशकारी भूकम्पपछि बालबालिकाहरूको अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरू नभएको र हालसम्म सिबिस, युनिसेफ र चङ्गा पत्रिकाले केही समय सिमित गाविसमा बालबालिकाहरूलाई तालिम तथा चेतना मूलक कार्यक्रम गरेपनि बालबालिकाहरूको जोखिम न्युनिकरण गर्न पर्याप्त सचेतना मुलक कार्यक्रम गर्ने सामाजिक संस्थाहरू नभएको र बाल कल्याण समितिको पनि आफ्नै सिमित कार्यक्रमले गर्दा गाउँ गाउँका बाल सचेतनासम्बन्धी कार्यक्रम पर्याप्त हुन नसकेको जिल्ला बाल कल्याण समितिका बालबालिका अधिकृत भगवती पौडेलले बताउनुभयो ।रसुवामा बिपदपछिको जोखिम न्युनिकरण गर्न बालबालिकाहरूमा सचेतना मुलक अभियान आवश्यक देखिएको उनको भनाई छ । जोखिममा परेको बालबालिकाहरूको गाउँ गाउँमा सर्वे भइरहेको छ । त्यसको विवरण आइनसकको तर प्रारम्भिक तथ्यांकले ४ सय बढी बालबालिकाहरू जोखिमा परेको देखाएको अधिकृत पौडेलले बताउनुभयो ।

विनाशकारी भूकम्पमा परेर जिल्लामा १ सय ५४ जना बालबालिकाहरूको मृत्यु भएको छ । जसमध्ये ७२ जना बालक र ८२ जना बालिका छन् । १ सय २९ जना बालबालिका घाइते भए भने २६ जनाले आमा बाबु दुबै गुमाएका थिए । १ सय ४० जना बालबालिकाले एक अभिभावक गुमाएका छन् भने ४७ जनाले बाबु तथा ९३ जनाले आमा गुमाएका थिए ।

सरकार ढाल्ने ओलीको चेतावनी : ‘प्रचण्डलाई कुनै पनि बेला अप्ठेरोमा पार्न सक्छौँ’

२२ माघ, विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चुनाव नगराए सरकार ढाल्ने चेतावनी दिनु भएको छ । प्रेस चौतारी ...