धैबुङ्ग साना किसान ७ लाख नाफामा

२४ असोज-धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्थाले ७ लाख नाफा कमाएको छ ।शनिबार कालिकास्थानमा सम्पन्न संस्थाको चौथो साधारण सभामा संस्थाले कुल १ करोड ६५ लाख १० हजार रुपैयाँ ऋण लगानी गरेको , असुली १ करोड १० लाख ६३ हजार र लगानीमा रहि रहेको ऋण १ करोड ४८ लाख २३ हजार रुपैयाँ रहेको संस्था प्रबन्धक पूर्ण न्यौपानेले बताए ।

IMG_5855संस्थाले कुल आम्दानीका २२ लाख १ सय १६ रुपैयाँ आम्दानी गरी १४लाख ६६ हजार १ सय ३२ रुपैयाँ खर्च गरेको छ । यस वर्ष ७ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ नाफा कमाएको छ । बचततर्फ ३८ लाख ८९ हजार ८ सय संकलन गरी १७ लाख ७६ हजार ७ सय ८७ रुपैयाँ फिर्ता समेत गरेको छ ।संस्थाका कुल ७ सय ५२ सेयर सदस्य छन् । कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु पौडेलले ९ लाख १९ हजार नाफा कमाउने लक्ष लिएको बताए । कुल सेयर पँुजी २५ लाख ९७ हजार र बचत ३७ लाख ५० हजार रुपैयाँ रहेको छ भने संस्थाले सेयर सदस्यहरुलाई ७ प्रतिसत लाभांस बितरण गरेको सार्वजनिक गरिएको छ ।

कार्यक्रममा कालिका बचत तथा ऋण सहकारीका अध्यक्ष झंकनाथ न्यौपाने, कालिकास्थान महिला बचता तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीता अधिकारी, गाविस सचिव टिकम शाही, बिशेष अतिथी जिल्ला कृषि सहकारी संघका अध्यक्ष टिका देवकोटा, लहरेपौवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष लीलानाथ न्यौपानेलगायतका बक्ताले आफ्नो धारणा राखेका थिए । प्रमुख अतिथी जिल्ला कृषि विकास कार्यालय प्रमुख रमेश हुमागाँईले कृषकहरुको हक हितका लागी सहकारी लाग्नु पर्ने र सफल उद्यमी तयार गर्नु पर्ने बताउँनुभयो ।

घटनाको ९ बर्षपछि अपराधी सार्वजनिक गर्यो नुवाकोट प्रहरीले

घटनाको नौ वर्षपछि मानव वेचविखनमा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरि नुवाकोट प्रहरीले सार्वजनिक गरेको छ । नुवाकोटको पुर्वी भेगमा रहेको दुर्गम घ्याङफेदीकी एक ...