राष्ट्रपतिमा चलखेल : ईश्वर पोखरेल

३० असोज- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसदलाई कमजोर पार्ने र सरकारलाई बन्दी बनाउने षड्यन्त्रमा लागेको दाबी गरेका छन् । ट्राभल एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) का नवनिर्वाचित पदाधिकारीहरुलाई शनिबार केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै महासचिव पोखरलले राष्ट्रपति चुनावलाई लक्षित गरेर षड्यन्त्र हुन लागेको संकेत गरे ।

ISHWOR-POKHREL2

एमाले महासचिव पोखरेलले भने- हिजो जुन जुन शक्तिहरु संविधान रोक्न लागेका थिए, तिनीहरु अब संसदलाई कमजोर बनाउने र सरकार तथा संसदबाट भएका निर्णयलाई प्रभावित पार्ने उद्देश्यले संवैधानिक निकायको चुनावमा चलखेल गर्न अग्रसर भएका छन् ।उनले राष्ट्रपति चुनावको प्रसंगमा अरु केही बोलेनन्, तर संसदलाई अनिर्णयको बन्दी बनाउने र सरकारलाई काम गर्न नदिने गरी संवैधानिक अंगलाई प्रभावित बनाउने खेल शुरु भएको बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा पहिलोपटक एमाले र साहसी शेर्पा आरोहीहरुको सहकार्यले जित हासिल गरेको बताए ।कार्यक्रमा टानका नवनिर्वाचित अध्यक्ष चन्द्र रिजालले एमालेसहितका वाम व्यवसायी र शेर्पा व्यवसायीको सहकार्यबाट जिते पनि अब मुलुकको पर्यटन उद्योगलाई बलियो बनाउन आफूहरु लाग्ने बताए ।

युवती बेच्न लैजादैँ गर्दा ४ युवक पक्राउ

जदुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर विक्रि गर्न लैजादै गर्दा प्रहरीले चार जना युवकलाई पक्राउ गरि मुद्धा दायर गरेको छ । घ्याङफेदीकी २४ ...