१४ कात्तिक – सिरियामा जारी द्वन्द्व अन्त्य गर्न विश्वका विभिन्न राष्ट्र सहमति भएका छन् । सिरियामा राष्ट्रपति बसर अल असदको समर्थन र विपक्षमा सहयोग गर्दै आएका राष्ट्रहरु जारी द्वन्द्व अन्त्य गर्न सहमत भएका हुन् ।
तर राष्ट्रपति असदको भविष्य कस्तो हुने भन्ने बारेमा भने सहमति जुटेको छैन ।अस्ट्रियाको भिएनामा भएको बहुपक्षीय वार्तामा द्वन्द्व अन्त्य गर्ने सहमति भएपनि राष्ट्रपति असदको भविष्यका बारेमा भने सहमति जुट्न नसकेको हो । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले भविष्यको राष्ट्रपति को हुने भन्ने सिरियाका नागरिकले तय गर्ने बताउनुभयो ।
अमेरिकाका विदेशमन्त्री जोन केरीले सिरियाप्रति अमेरिकाको नीति परिवर्तन नभएको र आफूहरु असहमतिका बीचसहमतिमा पुगेको बताउनुभयो । उहाँले राष्ट्रपति असदले सिरियाली नागरिकको प्रतिनिधित्व गर्न तथा सरकार चलाउन नसक्ने कुरामा जोड दिनुभयो ।
