आवश्यक इन्धन खरिद गरेर लैजान चीनको प्रस्ताव

१५ कात्तिक- चीनले अनुदानमा उपलब्ध गराएको हजार टन ९१३ लाख लिटर पेट्रोल बजारमा पठाइसकेपछि थप आवश्यक इन्धन खरिद गरेर लैजान नेपाललाई प्रस्ताव गरेको छ ।
china1-644x330
अनुदानको पेट्रोल प्रयोगपछि सर्वसाधारणको प्रतिक्रिया बुझेर निर्णय लिन उसले नेपाली टोलीलाई सुझाएको छ ।सिगात्सेबाट पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यास खरिद गरेर लैजान चीनले प्रस्ताव गरेको हो ।
नेपालले पेट्रोल ल्याइरहेको सरकार स्वामित्वको चिनियाँ नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)को सिगात्सेमा ५० लाख लिटर क्षमताको डिपो छ । सोही डिपोबाट इन्धन उपलब्ध गराउने जानकारी चिनियाँ अधिकारीहरूले नेपाली टोलीलाई गराएको थियो ।

राजेन्द्र महतोलाई उपेन्द्र यादवको जवाफः चिल्लो लुगा लगाएर सोल्टी गएको थाहा छ

बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमका नेताहरुबीच जुहारी सुरु भएको छ । यो जुहारी स्थानीय चुनावलाई केन्द्रमा ...