वीरगञ्ज नाका आन्दोलनकारीको कब्जामा

१६ कात्तिक- प्रहरीले बल प्रयोग गरेर खुलाएको वीरगञ्ज रक्सौल नाकाको मितेरी पुल फेरि मधेसी मोर्चाका कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।

सोमबार विहानै प्रहरीले धर्नाकारीलाई हटाएको थियो । त्यस क्रममा पाँच जना पक्राउ समेत गरेका थिए । तर, केही घण्टापछि नै मधेसी मोर्चाका कार्यकर्ताहरु फेरि नेपाल-भारत सीमाको मितेरी पुलमा धर्नामा बसेका छन् ।प्रहरीले धर्नाकारीलाई हटाए लगतै नेपालतर्फ रोकिएका २१९ भारतीय सवारीहरु भारतर्फ गएका छन् । नेपाली सुरक्षाकर्मीहरुको बाक्लो सुरक्षा घेरमा भारतीय गाडीहरुलाई मितेरी पुल कटाइएको थियो ।

Birganj-Vansar-ma-tanab

तर, झण्डै ५ घण्टा मितेरी पुल खुल्दा पनि भारततर्फ रोकिएका एउटा पनि नेपाल प्रवेश गरेनन् । नेपाली भन्सार अधिकारीहरुका अनुसार भारतीय भन्सार पास भएका झण्डै ५ सय गाडीहरु लामो समयदेखि भारतीय क्षेत्रमा रोकिएका छन् । जसमा १५४ ग्यास बुलेट र ६७ इन्धनका ट्यांकरसमेत छन् ।

यी हुन् आफूलाई भोट हाल्न नपाउने राप्तीका पाहुना उम्मेदवार

दाङ कात्तिक २२, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहेको छ । उम्मेदवारहरु मतदान केन्द्रमा पुगेर आफूलाई भोट हाल्न मतदाताहरुलाई सिकाइरहेका छन् । तर राप्ती अञ्चलका ...