दुर्घटनाको मुख्य कारण नाकाबन्दी

१८ कात्तिक-भारतले नाकाबन्दी गरेपछि इन्धन अभावका कारण थोरैमात्र गाडी चलेका छन् ।अरु बेलामा पनि भिड हुने सार्वजनिक गाडीमा नाकाबन्दीपछि यात्रुले पाइला टेक्ने ठाउँ भेट्न मुस्किल छ । गाडी भित्र नअटाएपछि यात्रुहरु छतमै चढेर पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । रसुवामा मंगलबार भएको बस दुर्घटना पनि बढी यात्रु बोकेकै कारण भएको देखिएको छ ।1(12)

थोरै गाडी तर गन्तव्यमा पुग्नु धेरैको बाध्यता छ । व्यवसायीले पनि रातभरी लाइन लागेर किनेका इन्धनमा सकेसम्म धेरै नै यात्रु बोक्न चाहानु स्वभाविक हो । तर यस्तो जोखिमपुर्ण यात्रा कहिलेसम्म गर्ने रु रसुवामा भएको दुर्घटनाको कारण अहिलेसम्मनखुलेको भएपनि क्षमताभन्दा बढी यात्रु बोकेको देखिएको छ । बसभित्र र बाहिर गरेर कति यात्रु् थिए भन्ने यकिन नभएपनि ७० जना जति भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । योे दुर्घटनाबाट पाठ सिकेर पनि क्षमता भन्दा बढी यात्रु बोक्न र नचढ्न प्रहरीले आग्रह गरेको छ ।

रसुवाको राम्चे–३ मा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । उपचारको क्रममा बुधबार बिहान एक जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या ३६ पुगेको प्रहरीले जनाएको छ ।

चेल्सी र वेष्ट ह्यामलाई जरिवाना

२५ कात्तिक – खेलाडीमाथि नियन्त्रण कायम गर्न नसेको भन्दै फुटबल एसोसिएशन एफएले इंग्लिस क्लब चेल्सी र वेष्ट ह्यामलाई जरिवाना तिराउने भएको छ । एफएले चेल्सीलाई ...