रसुवाको स्वास्थ्य क्षेत्रमा असर

३ मंसिर-भारतीय नाकाबन्दीका कारण रसुवाको स्वास्थ्य क्षेत्रमा असर परेको छ । दैनिक उपभोग्य औषधी र खाना पकाउने ग्याँसको अभाव भएको छ ।

rasuwa_district

भारतले नेपालतर्फ गरेको नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । नाकाबन्दीका कारण चिलिमे, स्याफ्रु, धुन्चे, कालिकास्थान, बेत्रावती लगायतका बजारमा खाना पकाउने ग्याँस, इन्धनलगायतका दैनिक उपभोग्य सामग्री तथा औषधी पनि अभाव भएको हो ।नाकाबन्दीका कारण इन्धन ग्यास, औषधीलगायतका दैनिक उपभोग्य समानहरू आउन नसकेपछि जिल्लाको विभिन्न स्वास्थ्य संस्थामा नेपाल सरकारका तर्फबाट निःशुल्क आउने औषधीहरू समेत आउन नसकेपछि अभव भएको हो ।

नाकाबन्दीले जिल्लामा अत्यावश्यक जीवनजल, सिटामोलजस्ता औषधीहरू समेत अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘सडक पीडित’को उपत्यका बन्दः प्रभाव सामान्य

२० पुस, काठमाडौं । ‘सडक विस्तार पीडित’को नाममा बुधबार काठमाडौं उपत्यकामा आह्वान गरिएको बन्दको प्रभाव न्युन परेको छ । सामाखुसी क्षेत्रबाट बिहानै प्रहरीले केही बन्दकर्तालाई ...