सप्तरीमा २ प्रदर्शनकारीको मृत्यु

६ मंसिर– सप्तरीमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको ज्यान गएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी र भारदहमा प्रहरी र प्रदर्शनकारीबिच शनिबार राति भएको झडपको क्रममा दुई जनाको ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नारायण चिमोरियाले जानकारी दिनुभयो । रुपनीमा नागेश्वर यादव र भारदहमा विरेन्द्र रामको ज्यान गएको प्रहरीले जनाएको छ । गोली लागेर १७ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।झडपपछि स्थानीय प्रशासनले सदरमुकाम राजविराजको अञ्चल प्रहरी कार्यालयबाट नगर प्रहरी कार्यालयसम्म तथा रुपनी र भारदहमा कर्फ्यु लगाएको छ ।

 

SONY DSC

शनिबार दिउँसोदेखि राजमार्ग अवरोध गर्दै हिँडेका आन्दोलनकारी र प्रहरीबिच झडप भएको हो । राजमार्ग खुलाउने क्रममाआन्दोलनकारीसँग झडप भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार भारदह, रुपनी लगायतका ठाउँमा झडप भएको हो।राजमार्गमा तनाव भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा गाडी निकै कम चलेका छन् । प्रहरीको सुरक्षामा चल्ने धेरै गाडी चल्न नसक्दा हजारौं यात्रु अलपत्र परेका छन् । मोर्चाको आह्वानमा झण्डै तीन महिनादेखि दिउँसो बन्द हुँदा पूर्वमा चल्ने गाडी प्रहरीले राति स्कर्टिङ गरेर पार गराउने गरेको थियो ।

स्थानीय तहको चुनावको लागि रसुवामा ६ सय ७० जना प्रहरी परिचालन

स्थानीय तहको चुनावको सुरक्षाका लागि रसुवामा ६ सय ७० जना प्रहरी परिचालन गरिएको छ । जिल्लामा रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र चुनावी सुरक्षाका लागि ...