सरकार गम्भीर बन : डा.महत

६ मंसिर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले देशको संकटलाई आन्दोलनरत र सरकार दुवैले गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. २ को आयोजनामा हिजो समुन्द्रटारमा आयोजित क्षेत्रीय कार्यकर्ता भेलालाई संवोधन गर्दै नेता डा. महतले आन्दोलनरत मधेशवादी दल र सरकार दुवै पक्षलाई लचिलो र गम्भीर भएर प्रस्तुत हुन आग्रह गर्नुभयो । अहिले भएको नाकाबन्दी र आन्दोलनलाई कुटनितिक प्रयासबाट समाधान गर्नुपर्ने सुझाव दिँदै डा. महतले मधेश र आयात निर्यातको समस्या तत्काल समाधान गरी भुकम्पबाट भएको क्षतिको पुर्ननिर्माणमा जुट्न ढिलाई भएको बताउनुभयो ।नेता डा. महतले मधेशका जायज मागलाई पूरा गर्नुपर्ने बताउँदै सीमांकन पुर्नविचारले हुन सक्ने सम्भावित क्षतिको पूर्व आंकलन गर्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले अहिले भइरहेको सीमांकनलाई फेर बदल गर्दा हुन सक्ने गम्भीर परिस्थतिलाई ध्यानमा राखी अहिले सीमांकनको विवाद नलम्ब्याउनसमेत सरकारलाई सुझाव दिनुभयो ।
th

उहाँले नेकपा एमाले र कांग्रेसवीच भएको सहमति अनुसार नेपाली कांग्रेसले पुर्ननिर्माण प्राधिकरण अध्यादेश संसदमा पेश गर्ने बताउनुभयो । उहाँले आफू अर्थ मन्त्री हुँदा सुरु गरेको विकास निर्माणका लागि आफू क्रियाशील रहेको बताउँदै सुरु भएका योजनाका लागि बजटे कटौती नहुनेसमेत बताउनुभयो ।नेता महतले एमाले, माओवादी सत्ता गठबन्धन प्रति व्यङ्ग गर्दै ६ जना उपप्रधानमन्त्री विश्व रेकर्ड कायम भएको बताउनुभयो । नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति धु्रव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सचिव रमेश महतले जिल्लाको विकास निर्माणको लागि नेपाली कांग्रेसको योगदान उच्च रहेको बताउँदै प्रतिपक्षमा रहँदा पनि यो गति कायमै रहने बताउनुभयो ।

मैत्रिपूर्ण फुटबल चैत्र १६ मा

११ फागुन, । दुई बर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको सेड्युल नभएको नेपाली राष्ट्रिय फुटवल टोलीले आगामी चैत्र १६ गते मलेसियाको राष्ट्रिय टोलीसंग अन्तर्राष्ट्रिय मेत्रिपूर्ण फुटबल खेल्ने भएको ...