१५ मंसिर – चीनको राजधानी बेइजिङमा वायु प्रदुषणको मात्रा उच्च भएपछि बालबालिकालाई घर बाहिर नराख्न आग्रह गरिएको छ । बेइजिङ विश्व स्वास्थ्य संगठनले हावाको स्वच्छताका लागि तोकेको मापदण्डभन्दा ३५ गुणा बढी प्रदूषण रहेको स्थानीय अधिकारीले बताएका छन् ।
वायु प्रदूषण उच्च भएपछि सहर तुवालोले ढाकेको छ । वायु प्रदुषण खतराको उच्च बिन्दुनजिक पुगेकाले सकेसम्म मानिसलाई घरभित्रै बस्न आग्रह गरिएको छ भने कलकारखानालाई काम कम गर्न साथै सडकमा गह्रौ सवारी साधन चलाउन रोक लगाइएको छ ।बेइजिङमा वायु यति धेरै प्रदुषित भएको छ की एक पटक स्वासप्रश्वास गर्नु दुई बट्टा चुरोट खाए जस्तै असर पुर्याउने बताइएको छ ।
वायु प्रदुषणकै कारण विश्वमा दैनिक सालाखाला ४ हजार मानिसको ज्यान जाने गरेको छ । चीनले वायु प्रदुषणले वातावरण र स्वास्थ्यसँग सम्बन्धित समस्या मात्र नभएर अर्थतन्त्रमै ठूलो आघात पुर्याएको बताएको छ । जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या नभएकाले विश्व नै त्यसतर्फ केन्द्रित हुन आवश्यक रहेको राष्ट्रपति सी जीङ पिङले बताएका छन् ।
