१५ मंसिर – सुनको भाउ मंगलबार बढेको छ । सुन तोलाको ४८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यो सोमबार भन्दा तोलामा चार सय रुपैयाँले बढी हो । सोमबार ४८ हजार रुपैयाँमा झरेको भाउ फेरि बढेको हो । चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलामा ६ सय ७० रुपैयाँ किनबेच भइरहेको छ ।
