ईभेन्ट म्यानेजमेन्ट स्थापना

१७ मंसिर-नुवाकोटमा पहिलोपटक नाट्टेशोरी कला क्रन्द्र तथा ईभेंट म्यानेजमेन्ट प्रालि स्थापना गरिएको छ ।

उक्त प्रालिको एक समारोहको बीच प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले रिबन काटेर उदघाटन गर्नु भयो  । उदघाटन गर्दै प्रजिअ ढकालले जिल्लाको कला क्षेत्रमा एउटा महत्वपूर्ण कदम भएको आफ्नो र प्रशासनको तर्फबाट पूर्ण रुपमा सहयोग हुने बताउनुभयो  । उक्त कार्यक्रममा प्रालिका प्रबन्ध निर्देशक किरण अधिकारीले जिल्लामा धेरै प्रतिभा लुकेर रहेका अनि नुवाकोट कला क्षेत्रको लागि उर्बरभुमि भएकोले आफुहरु यो क्षेत्रमा आकर्षित भयको बताउदै जिल्लामा पहिलो पटक ईभेंट म्यानेजमेन्टको कार्य थालनी गरेको जानकारी दिनुभयो ।

12278075_881708938591061_976009341_n

कार्यक्रममा प्रहरी नायब उपरिक्षक सिद्दीबिक्रम शाह,नेपाल पत्रकार महासंघ अध्यक्ष प्रकास अधिकारी,नेपाल प्रेस युनियका पुर्ब केन्द्रीय सदस्य शिब देबकोटा,नुवाकोट उद्योग बाणिज्य संघको प्रथम उपाध्यक्ष तारा बहादुर कार्की ,प्रबक्ता सन्तोस उप्रेती,जिल्ला सहकारी संघको अध्यक्ष बैकुण्ठ मिश्र लगायतको उपस्थिति रहेको थियो्रजिल्लामा नै कला क्षेत्रमा रहेका नया प्रतिभाको खोजि गर्ने अनि पुरानो कलाकार खोज्ने अभियान संचालन गर्ने निर्देशक पंकज शर्माले सो अबसरमा जानकारी दिनु भयो ्रउक्त सस्थाले पत्रकारिता,उदघोषण ,संगीत ,नृत्य लगायतको प्रशिक्षण गराउने बताईएको छ ।

रसुवामा रु. २८ करोड राहत वितरण

१४ भदौ-जिल्ला प्रशासन कार्यालय रसुवाले गत आवदेखि अहिलेसम्म भए गरेका सम्पूर्ण कामको विवरण सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार भूकम्पपछिको विपद् ...