मोर्चाका नेताहरु फर्किंदै

२३ मंसिर-समस्या समाधानको उपाय खोज्न भारत पुगेको मधेसी मोर्चाका शीर्ष नेताहरु आज फर्किदैछन् । भारतको सत्तापक्ष, राजनीतिक दलका नेतासँग छलफल गरी मोर्चाका नेता आज नेपाल फर्किन लागेका हुन् ।

Sushma-with-Morcha-650

भेटमा भारतीय पक्षले वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको छ । सरकारले अघि सारेको तीन बुँदे प्रस्तावमा केन्द्रित रहेर छलफल गर्न भारतीय पक्षले सुझाव दिएको छ । मोर्चाका नेताहरुले काठमाण्डु फर्किएपछि सरकारसँग वार्ता गर्ने बताएका छन् । आज काठमाण्डुमा फर्किएपछि सम्भव भए आजै नभए भोलि वार्ता गर्ने दिल्लीमा पत्रकारहरुसँग बताएका छन् ।

सरकारले सीमांकनलाई पछि मिलाउने गरि तीन बुँदे प्रस्ताव अघि सारेको छ भने मोर्चाले सीमांकन पनि अहिले नै टुङ्गो लगाउनुपर्ने अडान राखेको छ ।

४९०० मतले पछाडि पार्दै बाबुराम भट्टराई अगाडि बढे

मतगणनाको क्रममा निरन्तर अगाडि बढिरहेका नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले मतअन्तरले फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार गोरखा २ को प्रतिनिधिसभा सदस्यमा डा. ...